१४ बैशाख २०८१, शुक्रबार

सहकारी पनि जोडियो नेपाल क्लियरिङ्ग हाउसमा, ईन्फोडेवलपर्स र एनसीएचएल बीच सम्झौता

१७ फाल्गुन २०७९, बुधबार
सहकारी पनि जोडियो नेपाल क्लियरिङ्ग हाउसमा, ईन्फोडेवलपर्स र एनसीएचएल बीच सम्झौता

काठमाडौं : ईन्फोडेवलपर्स प्रा. लि. र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सहकार्यताको सम्झौता भएको छ ।

ईन्फोडेवलपर्ससँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरुमार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यताको सम्झौता गरेको हो ।

सम्झौता पत्रमा ईन्फोडेवलपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात ईन्फोडेवलपर्सको कोर सिस्टम प्रयोग गरी रहेका विभिन्न सहकारी संस्थाहरुले आफ्नो क, ख र ग वर्गका बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सकिने छ। त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने छ।

उक्त सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाईल बैंकिङ्ग एप मार्फत पनि विस्तार गर्न सकिने जनाएको छ। विद्युत्तिय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समुहमा बैंकिङ्ग पहुँच पुर्याउन यस एनसीएचएल र ईन्फोडेवलपर्सको सहकार्याताले थप टेवा पुर्याउने अपेक्षा गरिएको दुबै कम्पनीले गरेको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्टर प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

ईन्फोडेवलपर्स प्रा. लि.ले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्ध सरकारी, लघुवित्त, शेयर मार्केट लगायतका विभिन्न संस्थाहरुलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरु गर्न मद्दत पुर्याउँदै आएको छ ।

अभिलेख

लोकप्रिय