१४ बैशाख २०८१, शुक्रबार

सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?

११ पुष २०७९, सोमबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?

काठमाडौैं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन १६ गते निर्वाचन हुँदैछ । बैंकको १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति हुने व्यवस्था छ ।
खुला सञ्चालक ४, सञ्चालक समिति प्रदेश सदस्य कर्णाली प्रदेशबाट १, लेखा सुपरिवेक्षण समिति खुला १ र लेखा सुपरिवेक्षण समिति महिला १ बाहेक अन्यमा निर्विरोध भैसकेको छ ।

यस पटकको निर्वाचनमा प्रमुख राजनीतिक दलहरु बीच सिट बाँडफाँड भएको थियो । जसमध्ये नेकपा एमाले अध्यक्षसहित ८, नेपाली कांग्रेस ५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ४ र एकीकृत समाजवादी १ पदमा बाँडफाँड गरेको थियो । एमालेले पाएको अध्यक्षसहित आठ वटै सिट निर्विरोध भैसकेको छ । नेपाली कांग्रेसबाट शिवा थापा र तारा गुरुङ निर्विरोध भैसकेका छन् । त्यस्तै माओवादी केन्द्रबाट पार्वती थापा निर्विरोध भैसकेको छ । अन्य पदका लागि भने निर्वाचन हुने भएको छ ।

खुला सञ्चालक ४ मा १६ जनाको उम्मेदवारी परेको छ । लेखा सुपरिवेक्षण समिति खुला १ मा ४ जनाको उम्मेदवारी परेको छ भने लेखा सुपरिवेक्षण समिति महिला १ मा २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै सञ्चालक समिति प्रदेश सदस्य कर्णाली प्रदेश १ मा २ जनाको उम्मेदवारी परेको छ ।

खुला सञ्चालकमा डा. जीवन कुमार श्रेष्ठ, ध्रुव नारायण यादव, केदार मानन्धर, माधवलाल देवकोटा, धुव्रराज विष्ट, मनोज कुमार थापामगर, स्वयम्भुनाथ विष्ट, वावुराम घिमिरे, निरञ्जन सुवेदी, राजेन्द्र प्रसाद रिमाल, भरत प्रसाद दवाडी, टिकाराम न्यौपाने, नवराज चालिसे, नवराज न्यौपाने, मनोज भण्डारी, हरी बहादुर खड्का र माधव दुलालबीच प्रतिस्पर्धा हुँदैछ ।

जसमध्ये माधवलाल देवकोटा, धुव्रराज विष्ट, मनोज कुमार थापामगर र माधव दुलाल मात्रै के.बी. उप्रेती प्यानलका हुन् । माधवलाल देवकोटा र माधव दुलाल नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार हुन् भने मनोज कुमार थापामगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र धुव्रराज विष्ट एकीकृत समाजवादीका आधिकारिक उम्मेदवार हुन् ।

त्यस्तै सञ्चालक समिति प्रदेश सदस्य कर्णाली प्रदेशमा काली बहादुर महतारा र विशाल के.सी.बीच निर्वाचन हुने भएको छ । पद बाँडफाँडमा माओवादी केन्द्रले यस क्षेत्र पाएको थियो । जसअनुसार काली बहादुर महतारा आधिकारिक उम्मेदवारको रुपमा रहेको छ ।

लेखा सुपरिवेक्षण समिति खुलामा भवानी प्रसाद दंगाल, केशव प्रसाद सापकोटा, महेश कुमार आचार्य, गणेश बहादुर चन्दबीच प्रतिस्पर्धा हुँदै छ । लेखा सुपरिवेक्षण समिति खुलामा नेपाली कांग्रेसले पाउनेगरी सहमती भएको थियो । उक्त सहमती अनुसार नेपाली कांग्रेसबाट गणेश बहादुर चन्द आधारिक उम्मेदवार बनेका छन् ।

लेखा सुपरिवेक्षण समिति महिला कोटामा कृष्णा कुमारी बंशी (थापा) र चन्द्र कुमारी पराजुली बीच प्रतिस्पर्धा हुँदै छ । चन्द्र कुमारी पराजुली के.बी. उप्रेती प्यानलका आधिकारिक उम्मेदवार हुन् ।

अभिलेख

लोकप्रिय