१४ बैशाख २०८१, शुक्रबार

मिलिजुली कालिञ्चाेककाे आयाेजनामा हाजिरी जवाफ, बुढाभिमसेन मा.बि. प्रथम

१४ चैत्र २०७७, शनिबार
मिलिजुली कालिञ्चाेककाे आयाेजनामा हाजिरी जवाफ, बुढाभिमसेन मा.बि. प्रथम

दाेलखा : ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था, दोलखाले भिमेश्वर नगरपालिका मा.बि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ । कालिञ्चोक मा.बि. चरिकोटको प्राङ्गणमा भएकाे प्रतियोगितामा नगर भित्रका दश वटा विद्यालयकाे सहभागिता रहेको थियो ।

प्रतियोगितामा बुढाभिमसेन मा.बि. धरमघर प्रथम, त्रिपुरा ग्लोरियस एकाडेमी चरिकोट दाेस्राे, आँकुरा बोडिङ सेकेन्डरी स्कुल, धरमघर तेस्राे र कुटीडाडा मा.बि. मकैबारी सान्त्वना हुन सफल भएकाे छ । विजेतालाई प्रमाण पत्र र नगद पुरस्कार वितरण संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय