१४ बैशाख २०८१, शुक्रबार

जय मनकामना साकोसको चार वर्षे व्यावसायिक रणनीतिक योजना निर्माण

९ माघ २०७९, सोमबार
जय मनकामना साकोसको चार वर्षे व्यावसायिक रणनीतिक योजना निर्माण

कास्की : पोखरा-१९, लामाचौर स्थित जय मनकामना बचत तथा ऋण सहकारी संस्थाले आगामी ४ वर्षका लागि रणनीतिक व्यावसायिक निमार्ण योजना गरेको छ ।

संस्थाले माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङ, कास्कीमा २०७९ माघ ६, ७ र ८ गतेसम्म रणनितिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समिति, पुर्वअध्यक्ष, सल्लाहकार, विभिन्न उपसमिति र कर्मचारीसहित ४५ जनाको सहभागिता रहेको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफुस्कून) को प्राविधिक सहयोगमा आगामी ४ वर्षका लागि लक्ष्यसहितको कार्ययोजना तथा कार्यक्रम तय गरिएको हो ।

संस्थाका अध्यक्ष नवीन भण्डारीको अध्यक्षता तथा शिक्षा उपसमितिका संयोजक पुर्णबहादुर बानियाँले कार्यशालामा संयोजनकारी भुमिका निर्वाह गरेका थिए । भने कार्यशालामा नेफुस्कूनका तालिम अधिकृत उमेश कोईराला र सुर्य प्रसाद तिमिल्सिनाले सहजिकरण गरेका थिए । सस्थाका व्यवस्थापक टंक प्रसाद अधिकारीले सहकारीको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

कार्यशालाको समापनमा संस्था पुर्व अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले सहकारी भावना अनुरुप सञ्चालन गर्न रणनितिक ब्यवसायिक योजना निर्माण कार्यशाला अति आवश्यक रहेको मनन गर्दै ३ दिनमा सिकेको विषय वस्तुलाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिए ।

नेफ्स्कूनका कानुनी सल्लाहकार शिवप्रसाद अधिकारिले सहकारी व्यवहारिकता भन्दा पद्धति र नियमको पालना गर्दै सुसासन कायम गर्नु पर्ने बताए । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेले सहकारी सदस्यको क्षमता वृद्धि तथा आत्मनिर्भरतर्फ लक्ष्यित हुनु पर्ने, सहकारी विधि र विनियम परिधिभित्र रहनु पर्ने, सहकारीलाई नेफ्स्कूनले सधैं सहयोग सहकार्य गर्न तयार भएको बताएका थिए ।

२०५७ सालदेखि सञ्चालित संस्थाको गत आ. व. २०७८र०७९ सम्म ९४ करोड ८२ लाख ४ हजार १०० को कारोबार रहेको छ । सस्थाले महिला लघुबित्त कार्यक्रम सहित पोखरा ४ गैह्रपातनमा सेवा केन्द्र समेत सञ्चालन गरेको छ ।

अभिलेख

लोकप्रिय