८ बैशाख २०८१, शनिबार

नेफ्स्कूनको ‘अन्तर लगानी कार्यक्रम’ नियम विपरित !

२१ पुष २०७१, सोमबार
नेफ्स्कूनको ‘अन्तर लगानी कार्यक्रम’ नियम विपरित !

काजी श्रेष्ठ/सहकारीखबर
काठमाडौं । सहकारी संस्था वा संघ संचालन हुने आधार भनेको ऐन, नियम, विनियम र मापदण्ड हो । विनियम स्वयम  संघ/संस्थाले नै बनाएको हुन्छ । सहकारीका ज्ञातहरुको भनाईलाई मान्ने हो भने राज्य बनाएको ऐन, नियम, मापदण्ड भित्र रहेर बनाएको विनियममा रहेर चल्नै पर्छ । यो नै सहकारीको उत्कृष्ठ कानुन हो ।

तर सहकारीको सबै भन्दा ठूलो कानुन मानिने विनियममा नभएकै व्यवस्थाको ठाडो उल्लंघन सहकारीको अविभावक निकायले गर्दै आएको खुल्न आएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले नियम, कानुनलाई लत्याउँदै ‘अन्तर लगानी कार्यक्रम’ सञ्चालन गरेको खुल्न आएको छ । नेफ्स्कूनले ‘अन्तर लगानी कार्यक्रम’ संचालन गर्न पाउने कुनै पनि कानुनी आधार नै छैन, न विनियम मै व्यवस्था  समाचार स्रोत- भन्छ । संघको ‘विनियम’को कुनै पनि दफा तथा उपदफामा यस्तो व्यवस्था छैन ।

nafskun jpg

समाचार स्रोत- भन्छ, कारोबारको दायरा बढ्दै गए पछि हतार हतार नेफ्स्कून विनियम संशोधन गर्ने तयारीमा जुटेको हो । विनियमको परिच्छेद २ दफा ४ उपदफा ५ को (क) मा ‘संघको अन्तरलगानी कार्यक्रम अनुसार सदस्य संस्थाहरु संग नियमित रुपमा बचत संकलन गरी ऋण परिचालन गर्ने’ भनेर बुँदा थप्न लागेको छ । विनियमको परिच्छेद २ दफा ४ उपदफा ५ को (क) र (ख) मा भएको व्यवस्थालाई क्रमश (ख) र (ग) राख्न लागेको छ ।

संघका अन्तर लगानी कार्यक्रम अनुसार सदस्य संस्थाहरु संग नियमित रुपमा बचत संकलन गरि ऋण परिचालन गर्ने भन्दै संशोधित व्यवस्था सहित “बचत तथा ऋण कारोबारको लागि विनियममा व्यवस्था गर्नुपर्ने ” कारण देखाइएको  छ ।

‘बचत तथा ऋणको कारोबारलाई हामीले ‘अन्तरलगानी कार्यक्रम’ भन्ने गरेका छौं । यो विषय प्रष्ट नभएकाले विनियम संशोधन गर्न लागेका हौं ।’ संघका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी खबरसंग भने- ‘अहिले हामीले ऋण लगानी नीति अनुसार काम गर्दै आएको र बचत तथा ऋण केन्द्रीय सहकारी संघ हो, बचत तथा ऋणको कारोबार स्वत रुपमा गर्न पाउनु पर्ने पर्छ ।’ जनताको अरबौं रुपमा संकलन भइसकेकाले अन्तरलगानी कार्यक्रम विनियम थप गर्न लागेको घिमिरेले जिकिर गरे । ‘हामीले २०५३ साल देखि बचत तथा ऋणको कारोबार गरीरहेका छौं । सदस्य संस्थाहरुको अरबौं रुपैंया संकलन भएको छ ।’ उनले भने ।

लामो समय देखि बचत तथा ऋणको कारोबार गर्दै आएपनि अहिले कारोबार बढ्दै गएको र  जोखिमको संभावना बढ्न थाले पछि विनियम संशोधन गर्न लागिएको नेफ्स्कूनका एक संचालकले बताए । सदस्यहरुको अरबौं रुपैंया बचत संकलन भएकाले जसरी पनि विनियममा बचत तथा ऋणको कारोबार गर्न पाउनु पर्ने व्यवस्था राख्न नेफ्स्कूनले तिब्रता दिएको उनको भनाई छ । विनियम संशोधन गर्न साधारण सभाबाट पारित गरेपछि नियमक निकायको स्विकृतबाट विधान संशोधन हुन्छ । तर नेपाल सरकारले हाल बचत तथा ऋणको कारोबार गर्न पाउने गरी कुनै पनि संघ, संस्था दर्ता अथवा विनियम संशोधनमा रोक लगाएको छ ।

यस विषयमा सहकारीको नियमक निकाय सहकारी विभागमा रजिष्ट्रार विष्णुहरी पौडेल संग बुझ्दा विषयमा आफू जानकार नभएको बताए । संघको मुख्य आम्दानीको स्रोत अन्तरलगानी कार्यक्रम हो । हाल नेफ्स्कूनले नेपालका १० स्थानमा फिल्ड कार्यालय (इटहरी, चितवन, नेपालगञ्ज, दोलखा, डुमे्र, वुटवल, महेन्द्रनगर, चावाहिल, ललितपुर र हरिवन) समेत स्थापना गरी बचत तथा ऋणको कारोबार गरिरहेको छ । नेफ्स्कूनले अन्तरलगानी कार्यक्रबाट आर्थिक वर्ष २०७०/०७१ मा एक अर्ब ३ करोड ४२ लाख ३५ हजार ३ सय २४ रुपैंया बचत संकलन गरेको थियो ।

नेफ्स्कूनले हाल नियमित बचत, ऐच्छिक/दैनिक बचत, नेफ्स्कून कारोबार बचत, राईफाईसन बचत, क्रेडिट युनियन बचत, विशेष बचत र १ वर्ष आवधिक बचत संचालन गरेको छ । जसमा ५ देखि ७ दशमलप ५ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । त्यस्तै ऋण लगानीका शिर्षकहरुमा १ वर्षे अन्तरलगानी ऋण, २ वर्षे अन्तरलगानी ऋण र ३ वर्षे अन्तरलगानी ऋण रहेका छन् । जसमा ८ दशमलप ५ प्रतिशत देखि ९ दशमलप ५ प्रतिशत सम्म व्याज असुल्दै आएको छ ।

अभिलेख

लोकप्रिय