५ जेष्ठ २०८१, शनिबार

साना किसान विकास लघुुवित्त, साना किसान सहकारी र गरिबी न्युनीकरण

२२ असार २०७९, बुधबार
साना किसान विकास लघुुवित्त, साना किसान सहकारी र गरिबी न्युनीकरण

विषय प्रवेश

तत्कालिन कृषि विकास बैंकमार्फत, विकास आयोजनाको रुपमा, किसानलाई पुँजी, प्रविधी र साधन पुर्याउन र ग्रामीण विकास तथा गरिवी न्युनिकरणका लागि साना किसान विकास कार्यक्रम धनुुषाको महेन्द्रनगर र नुवाकोटको तुप्चेबाट २०३२ सालमा शुुरुवात गरिएको थियो । किसान समुह अवधारणाबाट सञ्चालन गरिएको यो कार्यक्रम तत्कालिन समय परिस्थीती अनुुरुप ग्रामीण गरिवी न्युुनिकरण र कृषि उत्पादन वृद्धि गर्न यो कार्यक्रम नमुना प्रयोगको रुपमा शुुरु गरिएको थियो । नेपाली माटो सुहाउँदो मौलिक मोडलको रुपमा शुुरुवात गरिएको साना किसान विकास कार्यक्रमको परिष्कृत र निरन्तरताको एक उपज हो साना किसान कृषि सहकारी र साना किसान लघुवित्त वित्तीय संस्था लि. । साना किसान लघुवित्त वित्तीय संस्थाको गरिवी न्युनीकरण र ग्रामीण विकासमा भुमिकाबारे चर्चा गर्नु भन्दा पहिले, गरिवी न्युनिकरणका अनि ग्रामीण विकासका पक्षहरुबारे सामान्य चर्चा गर्नु सान्दर्भिक होला ।

गरिवी न्युनीकरण

सामान्यतयाः अभाव र दुःखको अवस्था हो गरिवी । न्युनतम् आधारभुत आवश्यकता पुरा गर्न नसक्ने आर्थिक अवस्थालाई आम रुपमा गरिवी भन्ने गरिन्छ । गरिवीका कारण भोक रोग, आधारभुत आवश्यकताको अभाव मात्र होइन, आवाजविहिनता, परनिर्भरता, चेतना र क्षमता विकासको अभाव, शिक्षा र रोजगारीमा कमजोर, आफ्नो सिमित श्रोतसाधन र आयको दुरुपयोगले गरिबीको दुुष्चक्रमा फसाइरहेको हुुन्छ । अनि यो भन्दा पनि खराब अवस्था भनेको अभाव, कुण्ठा, बाच्नैका लागि संघर्ष जस्ता कुराले भविष्य प्रतिको आशावादितामा कुठाराघात भएको अवस्थाले गरिवीबाट मुक्त हुने आत्मविश्वासलार्ई नै गुमाइदिन्छ । गरिवको पहुुँचसम्म श्रोत, सिप, क्षमता विकास र आत्मविश्वास जस्ता विषय पुर्याउन अति आवश्यक हुन्छ । हाल देशमा १८ प्रतिशत निरपेक्ष गरिवी र २८ प्रतिशत वहुुआयमिक गरिवी रहेको तत्थ्यांक रहेको छ, त्यसमा पनि ग्रामीण क्षेत्रमा गरिवी ३३ प्रतिशत रहेको अवस्था छ । अर्थात गरीवीको सघनता गाउँमा बढी रहेको छ ।

आशातित रुपले विगतबाट नै गरिवि न्युनीकरणमा उल्लेख्य सफलता नपाइएको यथार्थतालार्ई स्वीकार्दै सरकार, निजी क्षेत्र र सहकारीक्षेत्र समेतको सहभागीतामा, गरिवि न्युनीकरण सम्वन्धी कार्यक्रमहरु समन्वयात्मक ढंगले प्रभावकारी रुपले गर्न, प्रादेशिक संरचना अनुसारका ३ तहका सरकारलार्ई गरिबी विरुद्धको लडाइमा एकै लयमा हिँडाउने कुरालाई समेत ध्यानमा राखेर संघीय सरकारले गरिवी निबारण नीति २०७६ जारी गरेको छ । जसमा गरिबी न्युनीकरणका कार्यक्रम, नीति र साझेदार कार्यक्रम मध्ये एक कार्यक्रम साना किसान विकास कार्यक्रम पनि रहेको छ, जुन साना किसान विकास लघुवित्त वित्तीय संस्थाको कार्यान्वयन साझेदारको रुपमा साना किसान सहकारी हरुले सञ्चालन गर्ने गर्दछन ।

गरिवी न्युनीकरण यो एक चुनौतिपुर्ण तर अपरिहार्य कार्य हो । गरिवी न्युनीकरणका चुनौतीहरुलाई केलाउँदा, श्रम बजारमा थपिने जनशक्तिको सही उपयोग नहुनु, अव्यवस्थित शहरीकण र गाउँबाट शहरतर्फको अधिक बसाइसराई, कृषि पेशालाई मर्यादित, व्यवसायिक र आधुनिकीकरण गर्न नसक्नु, पुँजी र प्रविधिमा गरिब परिवारको पहुँच नपुुग्नु, गरिब परिवारको शिक्षा र स्वास्थमा पहुुँच हुन नसक्नु आदि कारणहरु देखिन्छ । अर्को तिर विभिन्न कुसस्कार, उत्पिडन, भाग्यवादी सोच समाजमा भएका कारण गरिबहरुमा आफै केही गर्न सकिन्छ भन्ने भावना र आत्मविश्वास पनि कम भएको अवस्था यथार्थता हो ।

ग्रामीण विकास
सामान्य अर्थमा गाउँको विकास नै ग्रामीण विकास हो भन्न सकिन्छ । ग्रामीण जीवनलार्ई गुणस्तरिय सुधार गर्नु, जिविकालार्ई सुनिश्चत गर्नु, ग्रामीण जिवनका सिप, कला र व्यवसायलाई प्रवद्र्धन गर्नु, हुनुु नै ग्रामीण विकास हुन
ग्रामीण जीवनका विभिन्न पक्षहरु, जस्तै: आर्थिक, सामाजिक, सास्कृतिक, प्राविधिक, पुर्वाधारमा सकारात्मक र गुणात्मक परिवर्तन हुनु नै ग्रामीण विकासको रुपमा बुुझ्न सकिन्छ । ग्रामीण विकासको एक ससक्त माध्यम मानिएको विषय हो, कृषिको विकास, अझ भनौ यसलाई ग्रामीण विकासको पर्यावाची नै जस्तो मानिन्थ्यो ७० को दशकमा । यसै सन्दर्भ, परिवेशमा रहेको अवस्थामा, नेपालमा पनि २०३२ सालमा शुरु गरिएको साना किसान कार्यक्रम, ग्रामीण विकास र कृषि विकासको मुल ध्येयका साथ शुरुवात गरिएको थियो । पाचौ पञ्चवर्षीय योजनामा ग्रामीण विकास लार्ई औपचारिक रुपमा प्रवेश गराई यस सम्वद्ध कार्यक्रमहरु शुरुवात गरिएको थियो ।

ग्रामीण विकास सहज विषय पक्कै होईन । ग्रामीण क्षेत्रमा रोजगार श्रृजना नहुने भएकोले ग्रामीण क्षेत्रमा लगानी वढाउनुपर्ने हुन्छ, पुँजी प्रवाह वढाउनुपर्ने हुन्छ । त्यसो नभइ, ग्रामीण क्षेत्रको आर्थिक तथा मानवीय श्रोत शहरतिर गइरहेको छ । यो रोक्ने र पुुँजी प्रवाह वृद्धि गर्ने चुनौती देखिन्छ । ग्रामीण क्षेत्रको पेशा कृषि, हामी सवैको जिविकाको आधारले, रोजगारी दिनु नसक्नु, दिएको रोजगार पनि लुप्त बेरोजगार नै हुनु ले, यस क्षेत्रको आधुनीकीकरण गरेर, व्यवसायिकरण गरेर उत्पादकत्व वृद्धि र रोजगार सृजना गर्नुुपर्ने चुनौती, ठुला भौतिक पुर्वाधारहरु मात्र होइन, सामान्य खानेपानी, कुलो पैन, विद्यालय भवन र सुविधा, कृषि तथा पशुपालनको लागि न्युनतम् प्राविधिक सेवाले समेत ग्रामीण विकासलाई प्रभावकारी बनाउन सकिने भएपनि सो समेत गर्न नसकेको अवस्था, आदि पक्षहरु चुुनौतीको रुपमा विद्यमानमा ररिरहेको छ ।

साना किसान कृषि सहकारी र साना किसान लघुवित्त वित्तीय संस्था लि. को भुमिका

साना किसान विकास लघुवित्त वित्तीय संस्था कानुनतः हाल एक थोक कर्जा प्रवाह गर्ने नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त लघुवित्त वित्तीय संस्था हो । साना किसान कृषि सहकारी, एक मौलिक अभ्यास भएका सहकारी कानुन अनुसार चल्ने, समुदायको संलग्नता र अपनत्व भएको सहकारी संस्था हो । यी दुवै भनेको विकासे आयोजनाको रुपमा कृषि विकास बैंकबाट शुरु गरिएको साना किसान विकास कार्यक्रमबाट औपचारिक, सक्षम र दिर्घकालिन संस्था बन्नुको अनुुभव संगालेको एक विशिष्टकृत संस्थागत अभ्यास हो भन्नु अत्युक्ती नहोला । साना किसान विकास आयोजना हुँदै, साना किसान सहकारी अनि साना किसान लघुवित्त वित्तीय संस्थालाई ग्रामीण विकास र गरिवी न्युनीकरणको लागि, देश कै माटोमा हुुर्किएको, संस्थागत विकास सहितको नविन नमुना मान्न सकिन्छ । लक्षित वर्ग, साना किसानहरुको संस्था साना किसान सहकारी संस्थाहरु कै वहुमत शेयर भएको यो वित्तीय संस्था, लक्षित वर्गको आपसी सहकार्यबाट उब्जेको गरिवी न्युनीकरण र ग्रामिण विकासको एक दृढ संकल्प पनि हो । यस वित्तीय संस्थाको जन्म, विकास र विश्वास सवै नै गरिवी न्युनीकरण, लक्षित साना किसानहरुको सेवा र ग्रामीण क्षेत्रको विकास नै हो । यस वित्तीय संस्थाले, यसका कृयाकलाप, सम्बन्ध, कार्यशैली र कार्यक्रमहरुद्धारा गरिवी न्युनीकरण र ग्रामीण विकासकालागि महत्वपुर्ण भुमिका निर्वाह गरेको मात्र होइन, भविष्यमा समेत उच्च भुमिकामा जिम्मेवारी वहन गर्ने छ । ती धेरै कृयाकलाप, कार्यशैली तथा कार्यक्रम मध्ये केहीलार्ई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

क) सामाजिक पुँजी निर्माण सहितको कार्य सञ्चालन
साना किसान सहकारी र साना किसान विकास लघुवित्त वित्तीय संस्था एकै अभियानका सहयात्री हुन् । यस वित्तीय संस्थाले लघुवित्तीय सेवा प्रदान गर्न ग्रामीण क्षेत्रमा स्थानीय लक्षित वर्गको नै सहभागितामा संस्थागत आधार बलियो बन्नुपर्ने, ती संस्था मार्फत सेवा प्रवाह गर्ने कुरामा जोड दिदै आएको छ । यसका लागि समुदायमा आधारित साना किसान कृषि सहकारीहरुको क्षमता विकास देखि नपुुगेको क्षेत्रमा अनुसरण कार्यक्रम मार्फत साना किसान मोडललाई प्रवद्र्धन, विस्तार गर्दै आएको छ । वित्तीय संस्थामा आवद्ध गराइ, साना किसान कृषि सहकारी संस्था र आवद्ध अन्य सहकारी संस्थाको संस्थागत विकास, सुसासन, नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम र प्रयासहरु निरन्तर गर्दै आइरहेको छ । जसको फलस्वरुप देशमा ७६ जिल्लामा साना किसान सहकारी र अन्य समेत गरेर १२८२ सहकारी आवद्ध भएको वृहत सञ्जाल तयार भएको छ ।

७५३ स्थानीय तह मध्ये ५३९ तहका वडा सम्म पनि नेतृत्व पुुगेको समुुदायको संस्था शायद यसैको मात्र होला । सहकारी र समुदायको शक्तिमा विश्वास र वकालत गर्ने अनि एकै उदेस्यले कार्य गर्ने सोच भएका १२८२ सहकारीका कम्तिमा पनि ११५३८ स्थानीय नेतृत्व तयार भएका छन । समुह र अन्तरसमुहको कुरा गर्दा यो नेतृत्व विकासको आकडा लाखमा आउछ । सहकारी प्रणालीमा सुुव्यवस्थीत रुपले सञ्चालन हुने व्यवस्थीत सामुदायिक संस्थाहरु तयार गरिएका छन् । यो एक वृहत सामाजिक पुँजी हो । यो सामाजिक पुुजीले गरिवी न्युनीकरण र ग्रामीण विकासमा प्रभावकारी कार्य गर्न वृहत संस्थागत आधार तयार भएको छ । यो सामाजिक चेतना, ज्ञान तथा सिपले गरिवी विरुद्धको लडाइ र ग्रामीण विकासमा वलियो हतियारको काम गर्ने छ र गर्दै पनि आइरहेको छ ।

ख) समुदायिक सहभागितामा दिगो र संस्थागत विकास
ऐन नियमको परिधिमा रहेर संस्था निर्माण, समिति निर्माण औषत कुरा हो । तर तिनै संस्थाहरुको सुसासन, नीति कार्यविधी भित्र रहेर, समुदायको सहभागितामा सहयोगि भुमिका बढाउदै, दिर्घकालसम्म स्वसक्षम भएर सकृय रुपमा स्वसञ्चालन हुने अवस्था भनेको महत्वपुर्ण उपलव्धी हो । यस वित्तीय संस्थाले आवद्ध संस्थाको संस्थागत विकासका लागि तालिम, अनुुगमन निरिक्षण, विभिन्न गोष्ठीहरु गरेर संस्थागत विकास गर्नका लागि प्रयास मात्र होइन प्रयाप्त कार्य नै गरेको भएर नै, संस्थागत विकासका सुचकहरुमा यस वित्तीय संस्थामा आवद्ध प्रायः संस्थाहरु अव्वल रहेका छन । बार्षिक रुपमा यस्ता सुचकहरुको जाँच गरिने प्रणाली वित्तीय संस्थाको रहेको छ । अन्तराष्ट्रि लघुवित्त सिद्धान्तले सक्षम र दिगो स्थानीय संस्था निर्माणको वकालत गर्दछ । यस सिहावले हेर्दा पनि सक्षम संस्था निर्माणका लागि संस्थागत विकास महत्वपुर्ण कुरा हो । जुन साना किसान विकास लघुवित्त वित्तीय संस्था ले आफ्ना आवद्ध संस्थाहरुलाई गरिरहेको छ, वार्षिक रुपमा सयौ निरिक्षण, अनुुगमन र तालिमद्धारा हजारौ सम्वन्धीत व्यक्तिहरुलाई प्रशिक्षित गरेर, सिप विकास गराएर । यीनै संस्थाहरु मार्फत सामुुदायिक विकास र गरिवि न्युनीकरणका कार्यक्रम गर्ने गरेको र भविष्यमा अझ वृहत रुपले गर्ने योजनामा वित्तीय संस्था रहेको छ । लक्षित वर्ग कै स्वामित्व, व्यवस्थापनमा सञ्चालन हुने यस्था सामुदायिक सहकारी संस्थाको प्रभावकारिता गरिवलाई गरिवी विरुद्धको आत्मविश्वास जगाइदिने तत्व पनि हो । गरिवको सिप, क्षमता विकास र उत्पादनका साधनमा पहुँच बनाउन यस्ता संस्थाहरु अति नै उपयोगी हुन्छन ।

ग) कृषिमा सहुलियतपुर्ण कर्जा प्रवाह
कृषिः मुलश्चः जिवनम् भनिने यो क्षेत्रको विकास ग्रामीण विकास र गरिवी न्युनीकरणको मुल मन्त्र हुनसक्ने कुरा माथि नै उल्लेख गरिएको छ । कृषिमा व्यवसायिकता वृद्धि गर्न र उत्पादकत्व बढाइ रोजगारी सृजना गर्न यस क्षेत्रमा सहुलियतपुर्ण कर्जाको प्रवाह सर्वसुुलभ रुपले हुन आवश्यक छ । यस वित्तीय संस्थाले नेपाल सरकार समेतको सहयोगमा आवद्ध साना किसान सहकारी र अन्य सहकारी मार्फत सहुलियत व्याजका ऋणहरुका साथमा पशुधन सुरक्षण कार्यक्रम गराई , व्यवसायिक कृषि तथा पशुपालनको लागि ९ लाख ५० हजार भन्दा वढि घरपरिवारमा सेवा पुुग्न सक्ने अवस्था सृजना भएको विषय छ । हाम्रो सन्दर्भमा एउटा महत्वपुर्ण अवसर हो । हाल वित्तीय संस्थाबाट मासुजन्य पशुपालन, दुध जन्य पशुपालन र तरकारी खेतीमा सहुलियतपुर्ण कर्जा प्रवाह गर्दै र कृषि तथा पशुुजन्य उत्पादनमा आम सदस्यलाई जोडिने बातावरण तयार गरेकोछ । हजारौको संख्यामा रोजगार सृजना गर्न सकिएको अवस्था छ । यद्यपि कृषि क्षेत्रको लागि आवश्यक मागको तुलनामा लगानी नपुुग भएको अवस्था विद्यमान नै रहेको छ । अर्थात, यस क्षेत्रमा अझै ठुलो लगानीको खाँचो छ । फैलिएको कार्यसञ्जाल, व्यवस्थीत कार्यशैलीका कारणले कृषि क्षेत्रमा लगानी गर्न आवश्यक धेरै पुुँजी परिचालन हुने अवस्था तयार छ । जसले गर्दा अहिले मात्र होइन कि भविष्यमा पनि कृषि क्षेत्रमा लगानी प्रवाह गराउने उपयुक्त प्रणाली यसै सहकारी र वित्तीय संस्थाको हुनेछ ।

घ) कृषि उद्यमशिलता र युवा सहभागिता
लुप्त बेरोजगारीलार्ई पुण रोजगारीमा बदल्न, खाद्ध असुरक्षाबाट खाद्ध सुरक्षा हुदै विक्री सम्मको यात्रा गर्न अति आवश्यक छ कृषि उद्यमशिलता र युवा सहभागीता । त्यसका लागि कृषिमा पुँजी र प्रविधि लगायतका माध्यमबाट उत्पादकत्व वृद्धि गर्न आवश्यक छ । ग्रामीण विकासका लागि कृषिको रुपान्तरण अपरिहार्य विषय हो । त्यसका लागि ठुलो पुुँजी र नविन प्रविधीहरु आवश्यक पर्दछ । व्यवसायिक उत्पादन र नविन प्रविधिका लागि युवा सहभागिता टडकारो आवश्यकता हो । यसै विषयलाई मनन् गरेर नै, वित्तीय संस्थाले साझेदार सहकारी संस्थाका सदस्य वा सदस्य परिवारलाई, कृषिमा अभुतपुर्व उत्पादकत्व भएको देश इजरायलमा गएर प्रत्यक्ष अवलोकन तालिम गराउने, व्यवसायिक कृषिका लागि उत्प्रेरित गर्ने, सिप हासिल गराउने गर्दै आइरहेको छ । व्यवसायिक कृषि उद्यमका एसियाली विकास वैंकको ऋण सहयोगमा, लागि २ करोड सम्मको कर्जा स्थानीय सहकारी मार्फत उपलव्ध गराउने कार्यक्रम सञ्चालनमा रहेको छ । यी सवै विषयले स्थानीय स्तरमा कृषिमा युवाको आकर्षण वढ्ने, प्रविधि उपयोगिता र उत्पादकत्व वृद्धि भइ रोजगार सृजना हुने हुदा, गरिवी न्युनीकरण र ग्रामीण विकासमा थप इटा थप्ने सकिने कुुरामा आशावादी हुन सकिन्छ ।

ङ) समावेशी सहभागिता 
आजको विकासको अवधारणा होस वा गरिवी न्युनीकरणको, समावेशी सहभागिता एक मुख्य प्रश्नको रुपमा रहन्छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नेतृत्व र आवद्ध साना किसानहरुलार्ई गरिएको प्रशिक्षणबाट, यस वित्तीय सेवा आवद्ध संस्थामा, ९५० हजार घरधुरी आवद्ध हुदा, ७९ प्रतिशत महिला सदस्य सहभागी हुुनुु भएको छ । करिव ७१ प्रतिशत स्थानीय तह, त्यो पनि विषेश गरि ग्रामीण क्षेत्रमा विस्तार भएको छ । समाजमा वहिष्करणमा परेको समुदाय मुसहर, राउटे, लेप्चा, सतार जातीका मानिसहरुलार्ई समेतलाई साना किसान सहकारीमा आवद्ध गराएर चेतना विकास, बचत तथा ऋण कार्यक्रममा सहभागी गराउदै आएका छन । सहकारी सञ्चालनमा ग्रामीण किसान वर्गलाई नै सहभागी गराउदै, उनीहरुको नै नेतृत्वमा सेवा प्रवाह गराउदै आएको अवस्था छ ।

च) सहकारी उत्पादनको मोडल विकास गर्न भुमिका
यस वित्तीय संस्थाले कृषिको उत्पादकत्व र व्यवसायिकताको उदाहरण बनाउन साझेदार संस्थाहरुलार्ई उत्तिकै सहयोग र समन्वय गर्दै आइरहेको छ, जसको फलस्वरुप आवद्ध सहकारी संस्थाहरु उत्पादनमा लाग्न थालेको र कृषि उत्पादन, प्रशोधनमा प्रविधीको प्रयोग गर्न, गराउन थालेको अवस्था देखिन्छ । हाम्रो जस्तो देशको सन्दर्भमा सहकारीलार्ई उत्पादन, प्रसोधनमा लगाउन सक्नु, आफैमा राम्रो शुरुवात हो । यस्तै असल अभ्यासका उदाहरणका लागि, पृथ्वीनगर साना किसान झापाको चिया कारखाना, महारानीझोडा साना किसानको सामुुहिक खेती, बिउ प्रसोधन उद्योग, चितवन जिल्लाको कुमरोज बछ्यौली साना किसानको तेल प्रसोधन, बर्दियाका साना किसान सहकारीले सञ्चालन गरेको तेल मिल, दाल मिल, कष्टमा हायरिंग सेन्टरहरुलार्ई लिन सकिन्छ । यी आफैमा एक विशेषताका उत्पादन मोडलहरु भएका छन् ।

यी उदाहरण लगायत अन्य सामुहिक उत्पादनका अभ्यासहरु पनि देशै भरि रहेका छन । साना किसानहरुका उत्पादन, प्रसोधन उद्यमहरु मोडलकै रुपमा चर्चा पाउनुका साथै स्थानीय किसानहरुको तहमा व्यक्तिगत लाभ बाहेक, सामुहिक लाभ पनि प्रत्यक्ष पुुगेको देखिएको छ । किसानहरुको आय र क्षमता दुबैमा गुणस्तरीय वृद्धि भएका यस्ता नमुना परियोजनाहरुको सोच विकास गराउन उत्प्रेरित गर्ने र व्यवस्थापनमा सहयोग गर्ने वित्तीय संस्थाको कार्यनीतिले गरिवी न्युनीकरणमा र ग्रामीण विकासमा भुमिका खेलेको कुरा कसैबाट छिप्न नै सक्दैन ।

छ) सरकार र दातृ निकायको भरपर्दो साझेदार
देशका गरिवी न्युनीकरण र ग्रामिण विकासका कार्यक्रमहरुको लागि, राज्य सवै आफ्नै संयन्त्रहरु मात्र प्रयाप्त हुँदैन। त्यस्ता कार्यक्रमहरु उपयुक्त साझेदार मार्फत कार्यन्वयन गर्नुपर्ने हुन्छ । त्यसमा साना किसान सहकारी र लघुवित्त वित्तीय सस्थाको कार्यशैली, साझेदार संस्थाहरुको सञ्जाल, तीनीहरुको अनुुगमन र सुसासन, वित्तीय संस्थाको अनुुभव र क्षमताले गर्दा, राज्यले साझेदारको रुपमा लिएको कुरा, गरिवी निवारण नीति २०७६ लगायत बजेट तथा कार्यक्रमहरुमा पनि देखिन्छ ।

राज्यको यो विश्वासलार्ई अझ उचिलो बनाउँदै, प्राप्त भएको बजेटको अधिकतम सदुपयोग, अधिकतम् जनसहभागीतामा कार्य गरेर आफ्नो सञ्जाल मार्फत धेरै भन्दा धेरै लक्षित व्यक्तीहरुमा सेवा पुु¥याएको अवस्था छ । यी सबै कार्यबाट प्रभावित भएर हुनुपर्छ, नेपाल राष्ट्र बैंकको नेतृत्वमा रहेको गरिवी न्युनीकरण सम्बन्धी प्रभावकारी कार्यक्रम ग्रामीण स्वावलम्बन कोष पनि, २०७६ सालबाट यसै वित्तीय संस्थाको व्यवस्थापनम सुम्पियो । तसर्थ, सरकारको लक्षित कार्यक्रमहरुको समुचित परिचालनमा कार्य गरि यस वित्तीय संस्थाले गरिवी न्युनीकरण र ग्रामीण विकासमा भुमिका निर्वाह गर्नसक्ने दक्षता र क्षमता विकास गरेको छ भन्न सकिन्छ ।

ज) मौलिक लघुवित्त मोडलको विकास
विश्वमा लघुवित्त वित्तीय प्रणालीलार्ई गरिवी न्युनीकरणको एक औजार मानिदै आएको भएतापनि लघुवित्त कार्यक्रमहरुले गरिवलार्ई शोषण गरेको, गरिवसंग चर्को असुल गरेर पुँजीपती व्यक्तीहरुले लाभांस लिएको, ऋण वाहेक अन्य सेवाहरु दिन नखोजेको जस्ता कुुराहरुले चर्को आलोचना मात्र होइन, विभिन्न आन्दोलनहरु नै हुनेगरेको पनि पाइन्छ । अन्तर्राष्ट्रिय लघुवित्त सिद्धान्तले गरिवी न्युनीकरणका लागि ऋण मात्र सबै क्षेत्रको उपाय हुन सक्दैन भन्ने भएपनि, सो कुरालाई ध्यानमा नदिदा विशेष गरि ग्रामीण लघुवित्तीय मोडेलको लघुवित्त क्षेत्र आलोचित भएको अवस्था हो ।

यस वित्तीय संस्था र साझेदार संस्थाले दिने लघुवित्त सेवामा, क्षमता विकास, सहभागिता हुने, नाफाको हिस्सा पुनः सेवा उपभोगकर्ता मै पुुग्ने प्रणाली, सहुुलियत व्याजदर, सहयोगि निकाय र आफ्नै स्रोत खर्च गरि सिप विकास, प्राविधिक सेवा उपलव्ध गर्ने गराउने, सुरक्षणका कार्यक्रमहरु गराउने, अधिक नाफामुखि मात्र नभइ उचित नाफा र सदस्य सेवाको दृष्टीकोण रहने, व्यवस्थापनमा तिनै सेवा उपभोगकर्ताको सहभागिता रहने गरि सञ्चालन गरिने प्रणाली रहेको कारण लघुवित्त सस्थाहरुलार्ई गरिने आलोचनाबाट यो वित्तीय संस्था र साना किसान सहकारी वाहिर छ, अर्थात लघुवित्त सिद्धान्तलाई आत्मसाथ गरेको मौलिक लघुवित्तीय प्रणालीको अभ्यासकर्ता, विकासकर्ताको रुपमा, एक अग्लो पहिचान बोकेर उभिएको छ, यो वित्तीय संस्था । यस आधारमा पनि गरिव न्युनीकरणमा यसले भुमिका रहेको र रहन सक्ने विष्लेशण गर्न सकिन्छ ।

अन्त्यमा,
गरिवीको चक्रबाट गरिबलार्ई उन्मुक्ती दिन उसै भित्र आत्मविश्वास पैदा गराउन सहयोग गर्न उसको क्षमता विकास गर्ने गराउने, उत्पादनका साधनमा उस्को पहुँच पुर्याउने । उत्पादनमा आम मानिसहरुलार्ई जोड्ने, कृषिमा नविन प्रविधी र युवा सहभागीताका लागि विभिन्न कार्यक्रमहरु गर्ने, वित्तीय पहुँचका लागि अनुशरण कार्यक्रम सञ्चालन गरि लक्षित समुदायको स्वामित्वमा स्थानीय दिगो संस्था निर्माण गर्ने, ग्रामीण क्षेत्रमा पुँजी प्रवाह गराइ रोजगारी सृजना गरि युवा पलाईनलाई रोक्न सक्ने सामथ्र्यता भएको साना किसान सहकारीहरु र यस वित्तीय संस्थाले देशका ग्रामीण क्षेत्रमा रहको साना किसानहरुको समृद्धिका लागि कृषि को रुपान्तरण गरेर गरिवी न्युनीकरण र ग्रामीण विकास गर्न सकिन्छ भन्ने मान्यतालार्ई प्रमुखताका साथ लिएर कार्यहरु गर्दै आएको छ ।

माथि उल्लिखत, यस वित्तीय संस्था र सम्बद्ध साना किसान सहकारीको विशिष्ट विशेषता, कार्यशैली, दक्षताले गरिवि न्युनीकरण र ग्रामीण विकासका चुनौतीहरुलाई चिर्न यो वित्तीय संस्था सक्षम हुने विष्लेशण गर्न सकिन्छ । सरकारसंगको सम्वन्ध, समन्वय, देश तथा विदेशका विकास साझेदारसंगको सम्वन्ध र सहकार्यले पनि यस संस्थाको गरिबी न्युनीकरण र ग्रामीण विकासको कार्यमा सहयोग पुु¥याउन थप बल हुनेछ । चर्चा गरिएका विषयहरुको अलवा, हाम्रो देशको आर्थिक सामाजिक अवस्था विष्लेशणलार्ई अध्ययन गर्दा पनि नेपाली माटोमा लक्षित बर्गले आफ्नै लागि बनाएको, विकास गरेको एक विशिष्ट संस्था, साना किसान सहकारी र साना किसान लघुवित्त वित्तीय संस्था लि.को गरिवी न्युनीकरण र ग्रामीण विकासमा महत्वपुर्ण भुमिका रहेकोछ र आगामी दिनमा पनि रहनेछ भन्न सकिन्छ ।

अभिलेख

लोकप्रिय