१४ बैशाख २०८१, शुक्रबार

सदस्य पहिचान (KYM) सम्बन्धी महत्वपूर्ण जानकारी

२७ फाल्गुन २०७६, मंगलवार
सदस्य पहिचान (KYM) सम्बन्धी महत्वपूर्ण जानकारी

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी सङ्घसंस्थालाई जारी गरिएको निर्देशन, २०७४ बजोजिम सदस्य पहिचान सम्बन्धी महत्वपूर्ण जानकारी

सहकारी विभागले सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुन पालना गर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । विभागले सहकारी सदस्यको पहिचान -केवाईएम_ अद्यावधिक राख्न सहकारीहरुलाई निर्देशन दिएको छ । उच्च पदस्थ व्यक्तिको पहिचान तथा जोखिम व्यवस्थापन गर्न एवम् सम्पत्तिको वास्तविक धनीको पहिचान गर्ने उपायको अबलम्बन गर्न पनि विभागले भनेको छ ।

३. सदस्य पहिचान :

(१) संस्थालेसदस्य तथा सदस्य हुन इच्छुक व्यक्तिकोऐनको दफा ७क. र नियमावलीको नियम ४ तथा ५ बमोजिम पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्नेछ ।

(२) संस्थाले उपदफा (१) बमोजिम लिने कागजात तथा विवरणको सामान्य सूची देहाय बमोजिम हुनेछ :–

(क) बचत तथा ऋणको मुख्य कारोबार नगर्ने संस्था दर्ताको आवेदन दिने व्यक्ति र सदस्यको अनुसूची–१ बमोजिम,
(ख) बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था दर्ताको आवेदन दिने व्यक्ति र सदस्यको अनुसूची–२ बमोजिम,
(ग) सहकारी संस्था र सहकारी ऐन, २०७४ को दफा ३० को उपदफा (२) बमोजिमको सङ्घसंस्था वा निकाय भए अनुसूची–३
बमोजिम ।

(घ) जिल्लाविषयगत सहकारी संघ, जिल्ला सहकारी संघ, प्रदेश विषयगत सहकारी संघ, प्रदेश सहकारी संघ, केन्द्रिय विषयगत
सहकारी संघ र विशिष्टिकृत सहकारी संघ,राष्ट्रिय सहकारी महासंघ वा सहकारी बैंकको सदस्यताकालागि अनुसूची–८ बमोजिमको
विवरण समेत पेश गर्नुपर्नेछ ।

(३) संस्थालेसदस्यको पहिचान तथा सम्पुष्टि गर्दा वास्तविक धनी तथा हिताधिकारी भए सोको समेत पहिचान गर्नुपर्नेछ ।

(४) संस्थाले सदस्यको पहिचान गर्दा प्राकृतिक व्यक्तिको हकमा निजको ल्याप्चे छाप र सहकारी ऐन, २०७४ को दफा ३० को उपदफा (२) बमोजिमका सदस्यका हकमा आधिकारिक छाप र खाता सञ्चालकको ल्याप्चे छापसमेत लिनुपर्नेछ ।

(५) अभिभावक वा संरक्षकको हैसियतले कसैले बाल बचत खातामा बचत जम्मा गरेको रहेछ भने त्यस्तो अभिभावक वा संरक्षकको
ल्याप्चे छाप लिनुपर्नेछ ।

अभिलेख

लोकप्रिय