सहकारीका लागि आकाश डिजिटलले ल्यायो नयाँ पुस्ताको डिजिटल व्यवस्थापन प्रणाली
बैंकिङ स्तरको सुरक्षा, नयाँ पुस्ताको प्रविधि
काठमाडौं : नेपालको सहकारी क्षेत्रमा Document Management System (DMS) को अवधारणा भित्र्याउने अग्रणी कम्पनी आकाश डिजिटल (Aakash Digital) ले अब अर्को फड्को मारेको छ। कम्पनीले आफ्नो नयाँ पुस्ताको प्रणाली “Aakash DMS Next Gen” सार्वजनिक गरेको छ। यसले सहकारी तथा लघुवित्त संस्थाको कार्यप्रक्रिया, कागजात व्यवस्थापन र automation मा नयाँ मापदण्ड स्थापित गरेको छ।
“Smart Work, Smart Flow” नाराका साथ आएको यो प्रणालीले सदस्यता र KYM देखि ऋण माग, विश्लेषण, स्वीकृति, धितो र रोक्का, वितरण, असुली, नवीकरण र लिलामीसम्मको सम्पूर्ण यात्रा एउटै प्लेटफर्ममा जोडेको छ। काम र कागजात तयार गर्न आज लाग्ने समयलाई कम्तिमा ५०% घटाउने, त्रुटिबिना काम सकाउने र भविष्यमा आउन सक्ने जोखिमलाई न्यूनतम स्तरमा झार्ने कम्पनीको लक्ष्य छ।
अग्रणीबाट नै अर्को अग्रणी कदम
वि.सं. २०७४ सालमा स्थापित आकाश डिजिटलले २०७८ सालदेखि सहकारी क्षेत्रका लागि DMS सेवा सुरु गरेको थियो। त्यतिबेला सहकारीमा कागजात डिजिटल रूपमा व्यवस्थित गर्ने अवधारणा नै नौलो थियो। कम्पनीलाई नेपालको सहकारी DMS क्षेत्रको अग्रणी (pioneer) मानिन्छ। हाल देशभरका ५०० भन्दा बढी संस्था यसको सेवा प्रयोग गरिरहेका छन्।
कम्पनीका अनुसार यही अनुभव र संस्थाहरूका वर्षौँका सुझावका आधारमा Next Gen DMS लाई शून्यबाट नयाँ प्रविधिमा बनाइएको हो। सहकारी क्षेत्रमा DMS लाई अहिलेसम्म कागज राख्ने र छाप्ने साधनका रूपमा मात्र हेरिँदै आएको छ। आकाश डिजिटलले भने कागज आफैँ जाँच्ने, निर्णयमा सघाउने र काम आफैँ अगाडि बढाउने प्रणाली ल्याएर DMS को परिभाषा नै बदलिदिएको छ। यसले बजारमा प्रतिस्पर्धाको नयाँ मापदण्ड खडा गरेको छ।
कागज आफैँ जाँच्छ, गल्ती आफैँ समात्छ
नयाँ प्रणालीमा नागरिकता लगायतका कागजात upload गर्नासाथ OCR प्रविधिले तिनलाई आफैँ पढ्छ, र तिनको गुणस्तर, प्रकार र फोटो जाँच्छ। कागजमा लेखिएको नाम र प्रणालीमा भरिएको नाम नमिले तुरुन्तै name mismatch को चेतावनी दिन्छ। Scan गरिएका कागजभित्रका शब्दबाट समेत फाइल खोज्न सकिन्छ।
कागजात तयारीमा ठूलो परिवर्तन
नयाँ प्रणालीले कागजात तयारीको पुरानो झन्झट लगभग अन्त्य गरेको छ। तमसुक, लिखत, रोक्का र फुकुवा पत्रदेखि ताकेता, सार्वजनिक सूचना, लिलामी, सदस्यता, निक्षेप, कल्याणकोष र बैठक माइन्युटसम्मका १०० भन्दा बढी नयाँ कागजातका मस्यौदा प्रणालीमा थपिएका छन्। यी सबै कागजात सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ र प्रचलित कानुनका चार कानुनी दृष्टिकोणबाट विज्ञ समीक्षा गरेर तयार पारिएका हुन्।
एक क्लिकमै Word वा PDF तयार हुन्छ। संस्थाले आफ्नो कागजको ढाँचा बदल्नुपरे Template Studio मार्फत browser मै मिलाउन सक्छ। यसका लागि अर्को सफ्टवेयर वा प्राविधिक पर्खनु पर्दैन।
निर्णय अनुमानमा होइन, तथ्यमा
ऋण दिने निर्णय अब तथ्यमा आधारित हुन्छ। सदस्यको आम्दानी, दायित्व र ऋणको इतिहास हेरेर प्रणाली आफैँ Credit Score र 5C विश्लेषण तयार गर्छ, र सम्भावित जोखिम देखाउँछ। कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको कालोसूचीमा रहेका व्यक्ति वा फर्मसँग मिल्दोजुल्दो व्यक्ति सदस्य बन्न खोज्दा वा ऋणमा आउनासाथ प्रणालीले सचेत गराउँछ। यसले गलत लगानीको जोखिम घटाउँछ।
कामको गति पनि उत्तिकै तीव्र बनेको छ। फाइल अर्को चरणमा पुग्नासाथ “मेरो पालो” सुविधाले सम्बन्धित कर्मचारीलाई आफैँ खबर गर्छ, त्यसैले फाइल कहाँ अड्कियो भनेर खोजिरहनु पर्दैन। कुन फाइल कुन चरणमा कति दिन रोकियो, र कुन कर्मचारीले कति काम गर्यो भन्ने प्रतिवेदन व्यवस्थापनले तुरुन्तै हेर्न सक्छ। एउटै व्यक्तिले तयार र स्वीकृत दुवै गर्न नपाउने maker-checker नियमले संस्थाको भित्री नियन्त्रण थप बलियो बनाएको छ।
असुलीदेखि नवीकरणसम्म नयाँ प्रक्रिया
सहकारीको सबैभन्दा चुनौतीपूर्ण काम मानिने ऋण असुली अब व्यवस्थित र स्वचालित भएको छ। ताकेता पत्र सम्झना, माग, अन्तिम माग र अन्तिम मौका गरी तह-तहमा आफैँ अगाडि बढ्छन्। त्यसपछिको सार्वजनिक सूचना र तीन चरणको लिलामी पनि एउटै क्रममा जोडिएका छन्। सदस्यलाई SMS र IVR (स्वचालित फोन) call मार्फत समेत असुली ताकेता गर्न सकिन्छ।
ऋण नवीकरण (म्याद थप) मा पुरानो धितो र रोक्का कायमै राखेर उही ऋण अगाडि बढ्छ, र सबै नवीकरणको इतिहास कागजमै आफैँ आउँछ। थप रोक्का वा आंशिक फुकुवा गर्दा बाँकी धितोले ऋण धान्छ कि धान्दैन, प्रणाली आफैँ हिसाब गर्छ। मुद्दा नै चलाउनुपरे ऋण असुली न्यायाधिकरण को निवेदन लगायतका आबश्यक कागजात समेत प्रणालीले स्वत तयार गर्छ।
सदस्य र कर्मचारी दुवैका लागि सहज
कर्मचारीले अब टाइप नगरी बोलेरै फाराम भर्न सक्छन्, र Preeti वा Roman बाट सिधै नेपाली युनिकोड टाइप गर्न सक्छन्। “One Data, One Truth” सिद्धान्तअनुसार सदस्यको विवरण एकपटक मात्र भरिन्छ, अनि ऋण, धितो, जमानी र कागजात सबैतिर त्यही विवरण प्रयोग हुन्छ। यसले दोहोरो प्रविष्टि र विवरण नमिल्ने समस्या हटाएको छ।
सदस्यका लागि पनि सेवा घरैबाट पहुँचमा आएको छ। सदस्य पोर्टल मार्फत उनीहरू online ऋण माग गर्न सक्छन्। आवश्यक सहमति पनि मोबाइलमा आएको OTP बाट डिजिटल रूपमा दिन सक्छन्।
बैंकिङ स्तरको सुरक्षा, नयाँ पुस्ताको प्रविधि
आधुनिक प्रविधि (New Stack) मा बनेको यो प्रणाली सुरक्षामा बैंकिङ स्तरको छ। हरेक संस्थाको तथ्याङ्क (डाटा) छुट्टाछुट्टै रहन्छ। प्रत्येक login मा दुई-चरण प्रमाणीकरण अनिवार्य छ, र संस्थाले स्वीकृत गरेको device बाट मात्र प्रणालीमा प्रवेश पाइन्छ। यसलाई Zero Trust सुरक्षा पद्धति भनिन्छ। कसले कुन कागज कहिले हेर्यो वा download गर्यो भन्ने हरेक अभिलेख पनि सुरक्षित रहन्छ।
तथ्याङ्क र फाइलको backup हरेक रात अर्को कम्पनीको सुरक्षित भण्डारमा स्वतः पुग्छ। साथै छुट्टै data center मा रहेको standby replica ले मुख्य server मा कुनै समस्या आए पनि सेकेन्डअघिसम्मको data जोगाउँछ, र सेवा छिट्टै फर्काउन सक्षम बनाउँछ।
पुराना ग्राहकलाई सहज स्थानान्तरण
आकाश डिजिटलको DMS प्रयोग गरिरहेका संस्थाका लागि नयाँ प्रणालीमा सर्नु झन्झटिलो छैन। पुरानो प्रणालीमा रहेका सदस्य, ऋण, धितो र कागजातसहितको तथ्याङ्क र फाइल नयाँ प्रणालीमा आफैँ सर्ने व्यवस्था गरिएको छ। कुनै विवरण नछुटोस् भनेर सारिएको तथ्याङ्कको भिडान प्रतिवेदन (Migration Report) पनि तयार हुन्छ। यसले वर्षौँदेखि जोगाइएको अभिलेख सुरक्षित रहन्छ, र कामकाज नरोकिई नयाँ प्रणालीमा जान सकिन्छ।
DMS र CBS: फरक काम, फरक विशेषज्ञता
आकाश डिजिटलका प्रमुख कार्यकारी अधिकृत तथा अनुसन्धानकर्ता टंकप्रसाद अधिकारी का अनुसार पछिल्लो समय केही CBS (Core Banking System) कम्पनीले पनि आफ्नै DMS बनाउने वा सँगै दिने गरेका छन्। तर प्रविधि र सुरक्षाका जानकारहरू DMS र CBS लाई एउटै कुरा नठान्न सुझाव दिन्छन्।
CBS ले संस्थाको समग्र वित्तीय व्यवस्थापन गर्छ । DMS ले सदस्यको पहिचान, धितोका कागज, तमसुक, कानुनी सम्झौता र स्वीकृतिको पूरा प्रक्रिया सम्हाल्छ। दुवै उत्तिकै संवेदनशील छन्, तर दुवैको काम, जोखिम र आवश्यक विशेषज्ञता फरक-फरक हो।
अन्तर्राष्ट्रिय अभ्यास र सूचना सुरक्षाका सिद्धान्तले पनि महत्त्वपूर्ण प्रणालीलाई एउटै ठाउँमा केन्द्रित नगर्न सुझाव दिन्छन्। सबै प्रणाली एउटै कम्पनी र एउटै प्रविधिमा हुँदा त्यहाँ आउने कुनै प्राविधिक समस्या, सुरक्षा कमजोरी वा सेवा अवरोधले संस्थाको कारोबार र कागजात दुवैलाई एकैसाथ असर गर्न सक्छ। यसलाई “एउटै टोकरीमा सबै अण्डा” को जोखिम भनिन्छ। CBS र DMS फरक-फरक विशेषज्ञ कम्पनीसँग हुँदा एउटामा समस्या आए पनि अर्को सुरक्षित रहन्छ। दुवैतिर छुट्टाछुट्टै नियन्त्रण र जाँच हुने हुँदा सुरक्षा पनि दोहोरो तहको बन्छ।
यसको अर्थ एउटै कम्पनीले दुवै बनाउनै सक्दैन भन्ने होइन। तर सफ्टवेयर बनाउनु र त्यस क्षेत्रको गहिरो विशेषज्ञता हुनु फरक कुरा हुन्। सहकारीका ऋण प्रक्रिया, कानुनी कागजात, धितो र रोक्का, असुली र लिलामीजस्ता विषयमा वर्षौँको अनुसन्धान, अनुभव र निरन्तर सुधार चाहिन्छ। यही क्षेत्रमा मात्र केन्द्रित भएर काम गर्नेको प्रणाली स्वाभाविक रूपमा बढी परिपक्व हुन्छ। त्यसैले संस्थाहरूलाई CBS र DMS छान्दा “सबै एकै ठाउँमा” को सुविधाभन्दा विशेषज्ञता, सुरक्षा र दीर्घकालीन भरोसा लाई प्राथमिकता दिन सुझाव दिइन्छ।
आकाश डिजिटलका अनुसार DMS फरक प्रणाली भए पनि CBS सँग जोडिएर काम गर्छ। प्रचलित CBS सँग सुरक्षित API मार्फत सदस्यको बचत, निक्षेप र ऋण खाताको विवरण आफैँ आउँछ। यसरी संस्थाले दुवै विशेषज्ञ प्रणालीको फाइदा पाउँछ, तर एउटैमा भर पर्ने जोखिम हुँदैन।
अधिकारी उनै व्यक्ति हुन्, जसको नेपालको सहकारी तथा लघुवित्त क्षेत्रको डिजिटाइजेसन, डिजिटलाइजेसन र अटोमेसनसम्बन्धी अनुसन्धान क्यानडास्थित SIP 2026 का लागि छनोट भएको थियो। उक्त कार्यक्रममा उनले नेपालको सहकारी क्षेत्रमा डिजिटल रूपान्तरण, प्रविधिको प्रयोग तथा संस्थागत कार्यप्रक्रियाको स्वचालनका सम्भावना र प्रभावबारे आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए।
“सहकारीको काम गर्ने तरिका नै बदलिन्छ”
आकाश डिजिटलका अध्यक्ष सुजनबाबु अधिकारी भन्नुहुन्छ, “२०७८ सालमा हामीले सहकारीमा DMS सुरु गर्दा यो नयाँ अवधारणा थियो। आज ५०० भन्दा बढी संस्थाको भरोसा र अनुभवका आधारमा हामीले सफ्टवेयर मात्र होइन, सहकारी र लघुवित्तको काम गर्ने तरिका नै नयाँ बनाएका छौँ। CBS र DMS दुवै संस्थाको मुटुजस्तै संवेदनशील प्रणाली हुन्। त्यसैले हामी सहकारीको DMS मा मात्र केन्द्रित भएर अनुसन्धान र विकास गर्दै आएका छौँ। कागजबाट Smart Flow सम्म, अनुमानबाट तथ्यसम्म, र ढिलाइबाट तुरुन्त निर्णयसम्मको यो यात्रा नेपालको DMS क्षेत्रको नयाँ अध्याय हो।” उहाँका अनुसार प्रणालीमा नयाँ सुविधा थप्ने काम निरन्तर जारी रहनेछ, र संस्थाहरूको आवश्यकताअनुसार यसलाई अझ परिष्कृत बनाइँदै लगिनेछ।
कम्पनीले हाल प्रणाली परीक्षण (testing) चरणमा छ, र इच्छुक सहकारी तथा लघुवित्त संस्थालाई प्रत्यक्ष प्रयोग गरेर सुझाव दिन आग्रह गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका लागि आकाश डिजिटलले ल्यायो नयाँ पुस्ताको डिजिटल व्यवस्थापन प्रणाली
८ मंसिर २०८३, सोमबार
गण्डकी साकोस सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित
८ मंसिर २०८३, सोमबार
सहकारी अभियानको रूपान्तरण र सुशासनमा केन्द्रित साकोस शिखर गोष्ठी हुँदै
४ मंसिर २०८३, बिहीबार
