गण्डकी साकोस सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित
नवलपुर : गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिल्लामै सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, कावासोतीले आर्थिक वर्ष २०८१र०८२ मा आफ्नो कार्यक्षेत्रअन्तर्गतका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै संस्थालाई सम्मान गरेको हो।
मंसिर ७ गते आयोजित कार्यक्रममा संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मान ग्रहणपछि संस्थाका अध्यक्ष गोविन्द सुवेदीले यो उपलब्धि संस्थाको आर्थिक अनुशासन, पारदर्शिता र सुशासनको प्रतिफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि राज्यको राजस्व संकलन र सामाजिक उत्तरदायित्वमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका लागि आकाश डिजिटलले ल्यायो नयाँ पुस्ताको डिजिटल व्यवस्थापन प्रणाली
८ मंसिर २०८३, सोमबार
गण्डकी साकोस सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित
८ मंसिर २०८३, सोमबार
सहकारी अभियानको रूपान्तरण र सुशासनमा केन्द्रित साकोस शिखर गोष्ठी हुँदै
४ मंसिर २०८३, बिहीबार
