४ मंसिर २०८३, शुक्रबार

सहकारी अभियानको रूपान्तरण र सुशासनमा केन्द्रित साकोस शिखर गोष्ठी हुँदै

२०८३ मंसिर ३, बिहिबार
सहकारी अभियानको रूपान्तरण र सुशासनमा केन्द्रित साकोस शिखर गोष्ठी हुँदै

काठमाडौं :नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा आगामी पुस २ र ३ गते भक्तपुरमा हुने ‘साकोस शिखर गोष्ठी–२०८३’ का लागि सहभागिता दर्ता आगामी सोमबार (मंसिर ७ गते)देखि खुला गरिने भएको छ।

एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा आयोजना हुने गोष्ठीको मुख्य थिम ‘सहकारी अभियानको रूपान्तरण, सुशासन सुदृढीकरण र विश्वास अभिवृद्धि’ रहेको छ।

गोष्ठीमा सहभागी हुन नेफ्स्कूनका सदस्य संस्थाका प्रतिनिधिले प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मंसिर २० गतेसम्म दर्ता गर्ने सदस्य संस्थाका महिला प्रतिनिधिलाई एक हजार रुपैयाँ छुटसहित ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मंसिर २० गतेपछि भने सदस्य संस्थाका प्रतिनिधिका लागि शुल्क ९ हजार र महिला प्रतिनिधिका लागि ८ हजार रुपैयाँ लाग्नेछ।

त्यसैगरी, गैरसदस्य संस्थाका प्रतिनिधिका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ सहभागिता शुल्क तोकिएको छ।

गोष्ठीमा सहभागी हुन इच्छुक बचत तथा ऋण सहकारी संघ–संस्थाका प्रतिनिधिहरूले नेफ्स्कूनको व्यवस्थापन सूचना प्रणाली (MIS) मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

अभिलेख

लोकप्रिय