२१ असोज २०८३, बुधबार

नेपालमै पहिलो पटक सहकारी सदस्यलाई इन्टरनेटबिनै डिजिटल बैंकिङ, iSmart को निःशुल्क USSD सेवा

२०८३ असोज २१, बुधबार
नेपालमै पहिलो पटक सहकारी सदस्यलाई इन्टरनेटबिनै डिजिटल बैंकिङ, iSmart को निःशुल्क USSD सेवा

काठमाडौं : सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक निःशुल्क USSD सेवामार्फत इन्टरनेटबिनै डिजिटल बैंकिङ सुविधा उपलब्ध भएको छ। देवना सफ्ट प्रा.लि.ले सञ्चालन गर्दै आएको आई स्मार्ट सहकारी मोबाईल बैंकिङ एप ले मोबाइल डेटा वा Wi-Fi आवश्यक नपर्ने USSD Offline Mode सार्वजनिक गर्दै सहकारीका सदस्यलाई GSM मोबाइल नेटवर्कमार्फत बैंकिङ सेवा प्रयोग गर्ने सुविधा ल्याएको हो।

नयाँ सुविधामार्फत आई स्मार्ट सहकारी मोबाईल बैंकिङ एप मा आबद्ध सदस्यले मोबाइल डेटा वा Wi-Fi बिना नै GSM मोबाइल नेटवर्क प्रयोग गरेर विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। कम्पनीका अनुसार आई स्मार्ट सहकारी मोबाईल बैंकिङ एप का प्रयोगकर्ता ले यो सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन्।

USSD सेवा प्रयोग गर्न मोबाइलको सामान्य डायलरबाट *31124# डायल गरेपछि देखिने मेनुमार्फत सेवा लिन सकिन्छ। यसका लागि छुट्टै एप डाउनलोड वा इन्स्टल गर्नुपर्ने छैन।

आई स्मार्ट को USSD सेवामार्फत ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने, रकम ट्रान्सफर गर्ने, युटिलिटी भुक्तानी गर्ने, QR Scan & Pay, PIN परिवर्तन गर्ने तथा अन्य बैंकिङ सेवा प्रयोग गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले बताउनुभयो ।

USSD अर्थात् Unstructured Supplementary Service Data GSM मोबाइल नेटवर्कमा आधारित प्रविधि हो। यसका लागि मोबाइल इन्टरनेट आवश्यक पर्दैन। सामान्यतया 2G/GSM नेटवर्क उपलब्ध भएको अवस्थामा समेत सेवा प्रयोग गर्न सकिनेछ।

नयाँ सुविधाले विशेषगरी इन्टरनेट कमजोर भएका ग्रामीण तथा दुर्गम क्षेत्रका सदस्य, मोबाइल डेटा उपलब्ध नभएको अवस्था, अस्थिर इन्टरनेट भएका ग्राहक तथा सामान्य मोबाइल अर्थात् Feature Phone प्रयोगकर्तालाई डिजिटल बैंकिङमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

USSD मोबाइलको सामान्य डायलरबाट सञ्चालन हुने भएकाले स्मार्टफोन वा मोबाइल बैंकिङ एप खोल्नुपर्ने आवश्यकता हुँदैन। ग्राहकले *31124# डायल गरेपछि अनुरोध GSM नेटवर्क हुँदै USSD Gateway मार्फत iSmart Application Server मा पुग्ने र प्रणालीले दिएको प्रतिक्रिया पुनः USSD Gateway हुँदै ग्राहकको मोबाइलमा देखाउने व्यवस्था गरिएको छ।

यससँगै डिजिटल बैंकिङका लागि स्मार्टफोन र इन्टरनेटमा मात्र निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै GSM नेटवर्कको पहुँच भएका सदस्यसम्म सेवा विस्तार गर्ने लक्ष्य आई स्मार्ट ले लिएको जनाएको छ।

आई स्मार्ट ले Mobile Banking, QR, ATM/Card तथा USSD लगायत विभिन्न डिजिटल माध्यमबाट सहकारीका सदस्यलाई आफ्नो आवश्यकता र उपलब्ध कनेक्टिभिटीअनुसार बैंकिङ सेवा प्रयोग गर्ने विकल्प उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीका अनुसार आई स्मार्ट सेवा नेपालभरका ८०० भन्दा बढी सहकारी संस्था तथा ३ लाख ५० हजारभन्दा बढी प्रयोगकर्तासम्म पुगेको छ।

‘जहाँ इन्टरनेट पुग्दैन, त्यहाँ पनि आई स्मार्ट पुग्छ’ भन्ने अवधारणासहित ल्याइएको USSD सेवाले सहकारीको डिजिटल बैंकिङलाई थप पहुँचयोग्य र समावेशी बनाउने अपेक्षा गरिएको छ।

अभिलेख

लोकप्रिय