सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रस्ताव सर्वसम्मत पारित
६.१६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित
सर्लाही : सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। हरिवन नगरपालिका–९ स्थित चतुरभुजेश्वर महादेव मन्दिर, सुखेपोखरीमा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

९६ वर्षीया ज्येष्ठ सदस्य टीका लक्ष्मी उप्रेतीको आतिथ्यतामा दीप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गरिएको थियो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष पदमा मोक्तानले स्वागत मन्तव्य राख्नुभएको थियो।
सो अवसरमा संस्थाका सदस्य लम्बोदर काफ्लेले ‘शाब्दिक कोशेली’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य हरिप्रसाद पुडासैनीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम संस्थाका सचिव विनोद कार्कीले सञ्चालन गर्नुभएको थियो।
संस्थाको आर्थिक वर्ष २०८२/८३ मा दिवंगत भएका सदस्य तथा भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको सम्झनामा साधारणसभामा एक मिनेट मौनधारणसमेत गरिएको थियो।
बन्दसत्रमा ऋण उपसमिति सदस्य रामप्रसाद घिमिरेले ऋण उपसमितिको प्रतिवेदन, सचिव विनोद कार्कीले संस्थाको समीक्षा प्रतिवेदन, प्रबन्धक रविन्द्र रानाले वित्तीय विवरण तथा बजेट, उपाध्यक्ष राजकुमार उप्रेतीले नीति तथा कार्ययोजना र लेखा सुपरीवेक्षण समिति संयोजक जयशंकर सिंहले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारणसभाले प्रस्तुत विभिन्न १५ वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले संस्थाका शेयर सदस्यलाई ६.१६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यस्तै, संरक्षित पुँजी फिर्ता कोषअन्तर्गत बचत कारोबारको आधारमा २.५७ प्रतिशत र ऋण कारोबारको आधारमा १.९५ प्रतिशत रकम फिर्ता गर्ने प्रस्तावसमेत साधारणसभाबाट पारित भएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रस्ताव सर्वसम्मत पारित
१० आश्विन २०८३, शनिबार
स्वतन्त्र भूतपूर्व सैनिक सहकारीको १६औँ साधारण सभा सम्पन्न, १२.५% लाभांश पारित
१० आश्विन २०८३, शनिबार
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार