स्वतन्त्र भूतपूर्व सैनिक सहकारीको १६औँ साधारण सभा सम्पन्न, १२.५% लाभांश पारित
गैंडाकोट (नवलपरासी) : स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वेदबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
“अब पेन्सन हाम्रो सहकारीबाट” भन्ने नाराका साथ आयोजित सभामा संस्थाका शेयर सदस्य, भूतपूर्व सैनिक तथा शुभेच्छुकहरूको सहभागिता थियो।
साधारणसभाबाट १२.५ प्रतिशत शेयर लाभांश, आर्थिक वर्ष २०८३÷०८४ को बजेट तथा आगामी योजना पारित गरिएको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जीव लाल तिवारीले दिनुभयो। उहाँका अनुसार साधारणसभाले संस्थाको वित्तीय अवस्था, सदस्य सेवा विस्तार तथा आगामी कार्ययोजनासम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गरी पारित गरेको हो।
सोही अवसरमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको १९औँ वार्षिक साधारणसभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको १७औँ वार्षिक साधारणसभा समेत सम्पन्न भएको थियो।
गैँडाकोटस्थित होटल द नारायणीमा आयोजित कार्यक्रममा संस्थाको प्रगति, आर्थिक गतिविधि तथा सदस्य हितका विषयमा समेत छलफल गरिएको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रस्ताव सर्वसम्मत पारित
१० आश्विन २०८३, शनिबार
स्वतन्त्र भूतपूर्व सैनिक सहकारीको १६औँ साधारण सभा सम्पन्न, १२.५% लाभांश पारित
१० आश्विन २०८३, शनिबार
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार