१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सहकारी महासंघको अपिल

२०८३ भदौ १०, बुधबार
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सहकारी महासंघको अपिल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय क्षति, धनजनको नोक्सानी तथा जनजीवनमा परेको असरप्रति गहिरो दुःख व्यक्त गरेको छ।

महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले अपिल जारी गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, स्थानीय तह तथा सम्पूर्ण सहकारी संघ/संस्था र सहकारी अभियान एकजुट भएर सहयोग गर्न आग्रह गर्नुभएको छ।

महासंघले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

महासंघले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई सक्रिय हुन आग्रह गरेको हो।

अभिलेख

लोकप्रिय