बाढी पीडितको राहतका लागि जनउत्थान साकोसको ८ लाख सहयोग
काठमाडौं : रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उक्त सहयोग उपलब्ध गराउने जनाएको हो। प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विभिन्न स्रोतबाट रकम संकलन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिनुभयो।
संस्थाको सञ्चालक समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। संस्थाको साधारण सभाले विपत्तिको समयमा सहयोग गर्न सदस्यको खाताबाट रकम झिकेर सहयोग गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो। सोही अख्तियारीअनुसार हरेक सदस्यको खाताबाट १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष पुनले बताउनुभयो।
सहयोगअन्तर्गत ४५ हजार शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ, संस्थाका समिति तथा उपसमितिका पदाधिकारीबाट एक दिनको भत्ताबापत १ लाख रुपैयाँ, संस्थाको तर्फबाट १ लाख ५५ हजार रुपैयाँ र कर्मचारीबाट एक दिनको तलबबापत १ लाख रुपैयाँ सहयोग गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले जानकारी दिनुभयो।
संस्थाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग घोषणा गरेको जनाएको छ। सहयोग रकम नेफ्स्कूनमार्फत सम्बन्धित बाढी प्रभावित क्षेत्रमा परिचालन गरिने संस्थाले स्पष्ट पारेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सहकारी महासंघको अपिल
१० भाद्र २०८३, बुधबार
बाढी पीडितको राहतका लागि जनउत्थान साकोसको ८ लाख सहयोग
१० भाद्र २०८३, बुधबार
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार