स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
काठमाडौं : चितवनस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स कोर बैंकिङ सोलुसन’ (Balance CBS) सञ्चालनमा ल्याएको छ।
१ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै आएको संस्थाले मुख्य कार्यालयसहित चारवटा सेवाकेन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।
संस्थाको वित्तीय कारोबार, सदस्य सेवा तथा आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ कोर बैंकिङ प्रणाली सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ। यस प्रणालीले सहकारीका वित्तीय तथा व्यवस्थापकीय सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्नेछ।
ब्यालेन्स कोर बैंकिङ सोलुसनअन्तर्गत वेबमा आधारित कोर बैंकिङ प्रणाली, क्लाउड सर्भर, ऋण व्यवस्थापन प्रणाली, कर्जा सूचना प्रतिवेदन, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन, सदस्यको बायोमेट्रिक पहिचान, व्यवस्थापन एप, मोबाइल बैंकिङ, ई–टेलर, एसएमएस तथा इमेल सूचना, कलेक्टर एप र मानव संसाधन व्यवस्थापन प्रणालीलगायतका सुविधा सञ्चालन हुनेछन्।
ऋण व्यवस्थापन प्रणालीमार्फत ऋणसम्बन्धी आवश्यक कागजातहरू स्वचालित रूपमा तयार गर्न सकिनेछ। ऋणसँग सम्बन्धित सम्पूर्ण कागजात क्लाउडमा सुरक्षित राख्न, ऋणको अनुगमन तथा फलोअप गर्नसमेत सकिने व्यवस्था गरिएको छ। यसले ऋण व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, मोबाइल बैंकिङ सेवामार्फत क्यूआर भुक्तानी, बैंक स्थानान्तरण तथा मोबाइल रेमिट्यान्स प्राप्ति र भुक्तानी गर्न सकिनेछ। सदस्यको बायोमेट्रिक पहिचान, डिजिटल सूचना प्रवाह, कारोबार व्यवस्थापन तथा कर्मचारी व्यवस्थापनसमेत एकीकृत प्रणालीबाट गर्न सकिने जनाइएको छ।
नयाँ प्रणालीको प्रयोगसँगै संस्थाको सेवा प्रवाह थप छिटो, सुरक्षित र पारदर्शी हुने तथा सदस्यलाई आधुनिक डिजिटल वित्तीय सेवा उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ। यसले स्वर्णलक्ष्मी सहकारीलाई पूर्ण डिजिटल प्लेटफर्मतर्फ अघि बढाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ब्यालेन्स कोर बैंकिङ सोलुसन सञ्चालनसम्बन्धी सम्झौता स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी तुलसीराम थापा र इन्फोब्रेन टेक्नोलोजिज प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुबिन शाक्यले आदानप्रदान गर्नुभएको छ।
प्रविधिको प्रयोग विस्तार गर्दै संस्थागत सुशासन, वित्तीय व्यवस्थापन र सदस्य सेवाको गुणस्तर थप सुदृढ गर्ने लक्ष्यसहित नयाँ प्रणाली सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ।
Balance CBS को बारेमा
Balance CBS हाल २०० भन्दा बढी सहकारी संस्थाहरूले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टम हो। यो कोर बैंकिङ सिस्टम ISO 9001 (Quality Management) र ISO/IEC 27001 (Information Security Management) प्रमाणित छ।

Balance CBS अन्तर्गत Core Banking System, Cloud Solution, Mobile Banking, QR Payment, Collector App र Management App जस्ता सेवाहरू एकीकृत रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ, जसले सहकारीलाई पूर्ण डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्न सहयोग पुर्याउनेछ।
विशेष गरी नियामक निकायका मापदण्डहरू पूरा गर्न Balance CBS अझ सशक्त छ। सहकारी विभागको COPOMIS मा पठाउनुपर्ने विवरणहरू, वा AMLCFT सम्बन्धी TTR रिपोर्टहरू, Balance CBS ले तोकिएको फारम्याटमा सहजै उपलब्ध गराउँछ। सबै कर्जा (Loan) तथा धितो (Collateral) विवरणहरू सफ्टवेयरमा व्यवस्थित गर्न सकिन्छ, र ती विवरणहरूलाई डिजिटल रूपमा सुरक्षित राख्ने सुविधा पनि उपलब्ध छ।
बचत र ऋण मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि अनिवार्य कर्जा सूचना केन्द्र (Credit Information Center) रिपोर्टिङ पनि Balance CBS मार्फत सिधै सम्पन्न गर्न सकिन्छ।
आगामी दिनहरूमा पनि हामी नवीनतम डिजिटल समाधानहरू मार्फत सेवा विस्तार गर्दै सम्पूर्ण सहकारी क्षेत्रलाई अझ सशक्त, प्रविधिमैत्री र प्रगतिशील बनाउने कम्पनीको प्रतिवद्धता रहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार