ग्लोबल मनी वीक २०२६ : सात दिन, सात विद्यालयमा बुडोल सामुदायिक साकोसको वित्तीय साक्षरता
काठमाडौं : ‘ग्लोबल मनी वीक २०२६’ को अवसर पारेर बनेपा-६, काभ्रेस्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले ‘विद्यालयमा बुसा’ कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न गरेको छ।
विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै उनीहरूमा सही वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकास गर्ने उद्देश्यसहित संस्थाले सप्ताहव्यापी रूपमा यो कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममार्फत २९४ जना विद्यार्थी र ११ जना शिक्षक-शिक्षिका गरी कुल ३०५ जनाले वित्तीय साक्षरतासम्बन्धी उपयोगी जानकारी हासिल गरेका छन्।

धुलिखेलस्थित सञ्जीवनी नमुना मा.वि., बनेपास्थित नाइटिङ्गेल मा.वि., बेलर एकेडेमी, शिक्षा सदन मा.वि., ज्ञानकुञ्ज मा.वि., काभ्रे मा.वि. तथा पाँचखालस्थित आजाद मा.वि.मा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूका लागि कार्यक्रम सञ्चालन गरिएको थियो।
‘सात दिन, सात विद्यालय’मा सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूलाई वित्तीय संस्था र बजारको परिचय, पैसाको महत्व, बजेट निर्माण, बचत तथा ऋणको सही उपयोग, विवेकपूर्ण वित्तीय निर्णय गर्ने तरिका, अभिभावकको आर्थिक भार कम गर्ने उपाय तथा स्वस्थ जीवनशैलीका बारेमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका वरिष्ठ अधिकृत उमेश आचार्य तथा कार्यकारी अधिकृत रञ्जना सुवालले सहजीकरण गर्दै विद्यार्थीहरूलाई व्यवहारिक र जीवनोपयोगी ज्ञान प्रदान गर्नुभएको थियो।

‘स्मार्ट मनी टक्स्’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२६’ गत सोमबारबाट सुरू भएको थियो। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो ।
‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । अर्गनाइजेशन इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ मुलकका सात करोडभन्दा बढी बालबालिका र युवाहरू लाभान्वित भएको ओइसीडीले जनाएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार