बुडोल सामुदायिक साकोसद्वारा एस.ई.ई. सम्मान तथा वृत्ति मार्गनिर्देशन सम्बन्धी अभिमुखीकरण
बनेपा (काभ्रे) : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले एस.ई.ई. सम्मान तथा वृत्ति मार्गनिर्देशन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा भएको कार्यक्रममा एस.ई.ई परीक्षा २०८१ मा सामेल भई उत्तीर्ण हुने संस्थामा आबद्ध २०७ जना कोपिला बालबचतकर्ता भाईबहिनीहरुलाई बधाई तथा शुभकामना पत्र, मायाको चिनो, फुलमालासहित सम्मान गरिएको थियो ।

सहभागी विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रातर्फ आयुषा गौतम र छात्रतर्फ विश्वास श्रेष्ठलाई नगद ५ हजार र सम्मान पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा इन्स्योरका तर्फबाट प्राविधिकहरु मान कुमार राई, रक्षा आचार्य र इन्दु ज्ञवालीले वृत्ति मार्गनिर्देशन सम्बन्धी अभिमुखीकरण गराएका थिए। ।
संस्थाका शिक्षा तथा प्रकाशन उपसमिति संयोजक गायत्री खड्काको सभापतित्व र संस्थाका अध्यक्ष कैलाश के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य तारानाथ बजगाईले गरेका थिए।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की, सहकारी अभियन्ता तथा प्रमुख सल्लाहकार रामहरि के.सी., सल्लाहकार भैरव के.सी, पूर्व प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिनाको उपस्थिति थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले संस्थाको जानकारीसहित शुभकामना मन्तव्य, प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी.ले शिक्षाको महत्वसहित शुभकामना मन्तव्य र उत्कृष्ट अङ्क हासिल गर्ने छात्रा आयुषा गौतमले आफूले पढ्नको लागि अपनाएका विधिहरु सहित शुभकामना मन्तव्य राखेका थिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार