सदस्यका ३५ छोराछोरीलाई विकू बचतको दीर्घकालीन छात्रवृत्ति
गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्थाले बार्षिक नियमित कार्यक्रम अन्तर्गत विभिन्न तहका ३५ जना सदस्यका बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।
संस्थाले सञ्चालन गर्दै आएको विकू दीर्घकालीन छात्रवृत्ति कार्यक्रम अन्तर्गत सो छात्रवृत्ति प्रदान गरिएको हो । विद्यार्थीहरुलाई एस.ई.ई सम्मका लागि निरन्तर आवश्यक शैक्षिक सामग्री, ड्रेस, जुत्ता, झोला र एकमुष्ठ पठनपाठन खर्च संस्थाले उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय, नवलपुर प्रमुख दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथि थिए । कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने कक्षा १० मा अध्ययनरत छात्रा दिपिका ढकालले छात्रवृत्तिका कारण पढाई प्रति रुची र लगनशिल भएर अगाडी बढ्ने उत्पेरणा बढेको आफ्नो अनुभूति राखेकी थिईन ।

संस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटा, सञ्चालक सदस्य मुना धन्ञ्जय, हिमकिरण सेवा केन्द्रका संयोजक भवानीप्रसाद बस्याल, दियालो सेवा केन्द्रका संयोजक पूर्णबहादुर श्रेष्ठ, कावासोती सेवा केन्द्रका संयोजक हेमराज महतोले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शैक्षिक विकास एवं उज्जवल भविष्यको कामना गरेका थिए ।
प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले शैक्षिक विकासमा विकूको अतुलनीय भूमिका रहेको बताए । उनले भने, ‘स्थानीय, राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा नै सिकाइको केन्द्र बनेको छ । यहाँ सहकारीको सिकाइ सँगै सामाजिक आर्थिक र गैर आर्थिक सिकाइ भएको छ ।’ नवलपुर र चितवनका सामुदायिक विद्यार्थीका लागि भएको छात्रबृत्ति वितरण कार्य शिक्षा क्षेत्रमा टेवा पुर्याउने महत्वपुर्ण कार्य भएको बताए।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कालिदाश गौडेलले राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न उप-समितिका पदाधिकारी, सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक, अभिभावक, विद्यार्थी, कर्मचारी तथा शेयर सदस्यज्यूहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार