चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
काठमाडौं : चन्द्रागिरि नगरपालिका ७ मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले पाटनको ठैबमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
उक्त सेवा केन्द्रको वैशाख ६ गते शुभारम्भ गरिएको छ । ललितपुरको पुल्चोकस्थित पाटन बहुउद्देश्यीय सहकारी संस्था लि. र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.बीच एकीकरण प्रकृया सम्पन्न भई पाटन सेवाकेन्द्र गोदावरी नगरपालिका वडा नं. १४ ठैबमा सञ्चालन गरिएको संस्थाका अध्यक्ष शिब शङ्कर मानन्धरले जानकारी गराए।

आइएलओ बोर्ड मेम्बर एवम् चन्द्रागिरि साकोसका सल्लाहकार योगेन्द्र कुमार कुँबरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त सेवा केन्द्रबाट वैशाख ६ गते नै ७० जना ले सदस्यता लिनुभएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए।
कार्यक्रमका प्रमुख अतिथि कुँबरले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुको सेवा व्यवस्थापन गरेकोमा आफू खुसी रहेको उल्लेख गर्दै सहकारी क्षेत्रको छवि सुधार गर्ने गरी साकोस अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे र १४ का अध्यक्ष निरोज बज्राचार्यले सहकारी अभियानमा चुनौती बढिरहेको समयमा समुदायमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको चन्द्रागिरि साकोसले ठैबबाट सेवा प्रवाह गरेकोमा खुशी व्यक्त गरे।
स्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजनाको बारेमा प्रस्तुतीकरण राखेका थिए भने सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिका सदस्य राजेश महर्जनले चन्द्रागिरि साकोस र पाटन बहुउद्देश्यीय सहकारीको एकीकरण सम्बन्धी पृष्ठभूमीमा चर्चा गरेका थिए।
संस्थाका अध्यक्ष शिबशङ्कर मानन्धरले चन्द्रागिरि साकोसमा २२ हजार जना सेयर सदस्य आबद्ध भएको उल्लेख गर्दै तीन अर्ब ६३ करोड कुल सम्पत्ती रहेकाले गोदावरी नगरपालिका क्षेत्रमा सदस्यहरुलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा संस्थागत पूँजी कोषमा २१ करोड रहेको उल्लेख गर्दै ऋण लगानी २ अर्ब ३० करोड रहेको जानकारी उपलब्ध गराइएको थियो । संस्थामा तीन अर्ब बचत रहेको सिइओ श्रेष्ठले बताए । २४औं स्थापना दिवसको अवसर पारेर सेवा केन्द्र उद्घाटन तथा सञ्चालनका साथै स्टार अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
२०५७ साल पुस २२ गते साविक महादेवस्थान गाविस तथा त्यस आसपासका २५ जना व्यक्तिहरु मिली स्थापित चन्द्रागिरि साकोसले २०५८ साल बैशाख ६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएपछि बैशाख १३ गतेबाट औपचारिक कारोबार सुरु गरेको थियो । शहरी क्षेत्रमा पनि समुदायमा आधारित गुणस्तरीय, विश्वसनीय र सदस्यमैत्री सहकारी सञ्चालन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण चन्द्रागिरि साकोसले प्रस्तुत गर्न सफल भएको छ ।
चन्द्रागिरि साकोस हाल एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गरेको एशियास्तरको एक्सेस ब्राण्डिङ कार्यक्रममा समेत आवद्ध भएको छ । उक्त साकोसको मुख्य कार्यालयसँगै ७ सेवा केन्द्र सञ्चालनमा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार