राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
झापा : राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण भएको छ । साविकको स्थानबाट दुई सय मिटर उत्तरतर्फ दमक–६, थानारोड, नन्दी मार्ग स्थित सुविधा सम्पन्न भवनमा स्थानान्तरण भएको शाखा प्रमुख अर्जुन कार्कीले जानकारी दिए।
स्थानान्तरण भएको शाखा कार्यालयको उद्घाटन आइतबार एक समारोहका बीच बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले गरेका थिए ।
बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा शाखा कार्यालय स्थानान्तरण गरिएको अध्यक्ष गिरीले बताए ।
सो कार्यक्रममा शाखा समन्वय उपसमितिका संयोजक एवम् झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कुमार कोइराला, शाखा समन्वय उपसमितिका सल्लाहकार एवम् झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, को-अपरेटिभ म्यानेजर्स क्लब झापाका अध्यक्ष एवम् शाखा समन्वय उपसमिति सदस्य खोम प्रसाद बगाले, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् शाखा समन्वय उपसमिति चूडामणि ओझा लगायत सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार