१६ वर्षमा जेष्ट आइडियोलोजी साकोस, सदस्य हितमा समर्पित हुने प्रतिबद्धता
काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ।
२०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई संस्थाले २०६७ बैशाख ४ गतेदेखि कारोबार सुरु गरेको थियो ।
‘सामाजिक विकास र आर्थिक सम्बृद्धिको लागि जेष्ट आइडियोलोजी साकोस’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यहरुबीच बचत तथा ऋणको कारोबारसँगै सामाजिक काम गर्दै आएको छ। संस्थाले सदस्यहरुको बचतलाई सुरक्षित राख्ने र आवश्यकता अनुसार ऋण उपलब्ध गराई सदस्य कै जीवनस्तर सुधार गर्ने महत्वपुर्ण प्रयास गरिरहेको छ।
१५ औं वार्षिकोत्सवको अवसरमा संस्थाले आभार तथा प्रतिवद्धता जाहेर गर्दै भनेको छ, ‘संस्थाले विगतलाई समिक्षा गर्दै, वर्तमानलाई समृद्ध बनाउँदै, भविष्यलाई सुनिश्चित बनाउने ध्येय अनुरुप वर्तमानमा आफ्नो वित्तीय संरचनालाई दर्बिलो बनाउदै सदस्यहरुको विश्वासलाई प्रतिबिम्वीत गरेकोमा हर्षित एवं गौरवान्वित छौं । वर्तमान परिवेशमा सहकारी क्षेत्रमा रहेको विविध उतारचढावका बीच संस्थामा सदस्य ज्यूहरुको अटुट् माया, विश्वासले संस्थाको आधारलाई थप मजबुद बनाउनुमा यहाँहरुको योगदानको कदर गर्दै सम्मान व्यक्त गर्दछौ ।’
संस्थाले आगामी दिनमा संस्थाको भविष्यलाई सुनिश्चित गर्न तथा सदस्यको हितलाई मध्येनजर गर्दै समर्पित हुने प्रतिबद्धता व्यक्त समेत गरेको छ।
संस्थामा ६ हजार २ सय ५३ जना सदस्य आवद्ध छन् ।
संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म शेयर पुँजी ९ करोड ९३ लाख, बचत संकलन १ अर्ब १६ करोड ३७ लाख, जगेडा तथा अन्य कोष २१ करोड २१ लाख र ऋण लगानी १ अर्ब ६७ करोड ५९ लाख गरेको छ । ५ करोड १४ लाख स्थिर सम्पत्ति रहेको संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड २९ लाख कुल कारोबार गरेको छ । संस्थाले गत आ.ब.मा १ करोड ७५ लाख कर अघिको नाफा आर्जन गरेको जनाएको छ । संस्थाले १ करोड ६६ लाख १७ हजार रुपैयाँ राजश्वमा योगदान गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार