विकू र तनहुँ कालिका साकोसबीच सहमति, व्यवसायिकता विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने
गैंडकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र तनहुँ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थागत विकास तथा क्षमता अभिवृद्धिमा सहमति भएको छ।
विकू साकोसले तनँहु कालिका साकोसको नीति निर्माण, योजना तर्जुमा, सुशासन, समिति उपसमितिको क्षमता अभिबृद्धि, संस्थागत विकास, व्यवस्थापनको व्यवसायिकता विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर भएको विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) द्वारा सञ्चालित सदस्य सेवा तथा गुणस्तरको सुनिश्चितता कार्यक्रममा संलग्न भई अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गरेका संस्थाहरुले आफ्नो असल अभ्यासमार्फत अन्य संस्थाको संस्थागत विकासमा सहयोग गर्नुपर्ने अवधारण अनुसार शुरुवाती कार्यको अगुवाई विकूले गरेको छ ।
सहकारीको क्षेत्रमा फरक र राम्रो अभ्यासको थालनी भएको नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘विकूले जसरी अपनत्व र अभिभावकत्व लिएर संस्थाहरु अगाडी बढे समस्या हुँदैन’, उनले भने । नवलपुरको विकू र तनहुँको तनहुँ कालिका साकोसबीचको सहकार्यले वित्तीय अवस्थामात्र नभइ दुबै स्थानको समाज, संस्कृति र भूगोलको अनुभवलाई नयाँ रुप पाएको बताए। विकू साकोसबाट नेफ्स्कुनले पनि धेरै कुरा सिकेर अगाडी बढेको समेत बताए।
विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकूले सहकारी जन्माउने मात्र काम नगरी हुर्काउने र बढाउने पनि भूमिका खेल्ने बताए। साना–साना काम गरेरै नै ठुलो सफलता हासिल गर्न सकिने हुँदा अनुशासित भएर संस्थालाई अगाडी बढाउँदा सफलता र सदस्यको विश्वास जित्न सकिने उनको भनाइै छ ।
त्यसैगरी तनहुँ कालिका साकोसका अध्यक्ष माधव न्यौपानेले विकूको सहयोग हाम्रा लागि ऐतिहासिक र गौरवको विषय भएको बताए ।
कार्यक्रममा बोल्दै विकू साकोसका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, गैँडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला, नवलपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल, नेफ्स्कुनका कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, विकूका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, सहकारी समन्वय मञ्च गैँडाकोटका संयोजक बाबुराम खनालले विकू सहकारी, समग्र सहकारीको विद्यालय भएको बताएका थिए ।
विकूले सहकारीलाई फरक र अनुशासित माध्यम सँगै नीति, बिधि र पद्धतिबाट अगाडी बढ्न सिकाएको र सबै सहकारी यही अभ्यासबाट अघि बढ्न सके सदस्यको विश्वास जित्न सक्ने उनिहरुको धारणा थियो । सरोकारवालाहरुले विकू सहकारीको पाठशाला मात्र नभएर नियामक निकायको पनि पाठशाला जस्तै बनेको बताएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार