सहकारी बैंकको ब्याजदर १ प्रतिशत, ६.२५ प्रतिशतमै कर्जा
काठमाडौं : सहकारीको प्रवद्र्धन, विकास तथा बैंकिङ्गको लागि सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर निर्धारण गरेको छ ।
बैंकले पुष १९ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । यस अघि बैंकले पुस ८ गते ब्याजदर परिवर्तन गरेको थियो ।
बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा १ प्रतिशत, विशेष बचतमा १.१० प्रतिशत, सुपर बचतमा १.२५ प्रतिशतदेखि १.५० प्रतिशत तोकिएको छ ।
यस्तै एन.सि.बि.एल. समुन्नत बचतमा न्यूनतम १.२५ प्रतिशतदेखि अधिकतम १.५० प्रतिशत, एन.सि.बि.एल. प्रिमियम बचतमा १.५० प्रतिशत, अनिवार्य नियमित बचतमा ५ प्रतिशत र क्रमिक बचतमा ५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम २.२५ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।
त्यस्तै कर्जातर्फ ६.२५ प्रतिशतदेखि ७.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ ।
मुद्दती निक्षेपको बिड रेट ४ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार