‘सहकारीको छवि निमार्णमा लेखा समितिको भूमिका बढी रहन्छ’
“दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित राष्ट्रिय सहकारी बैंकले असोज २५ र २६ हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० आयोजना गर्दै छ । उक्त गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगो सहकारीको निर्माणमा योगदान पुग्ने गोष्ठीको मुख्य उद्देश्य रहेको छ । प्रस्तुत छ, गोष्ठी सञ्चालनको आवश्यकता, प्रस्तुत हुने विषयवस्तु लगायतमा केन्द्रीत रहेर राष्ट्रिय सहकारी बैंकका लेखा सुरपरिवेक्षण समितिका सदस्य केशवप्रसाद सापकोटासंग गरिएको संक्षिप्त कुराकानी:
लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको आवश्यकता किन पर्यो?
सहकारीमा सञ्चालक समितिले नियमित रुपमा आफ्नो काम गर्दै जान्छ । संस्थामा सुशासन कायम गराउन लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण रहन्छ । सहकारी ऐन नियमदेखि सञ्चालक समितिले गरेका कामहरु नीति संगत छ छैन? संस्थाको हितमा छ की छैन? संस्थालाई अगाडी बढाउन मार्गनिर्देशन गराउन लेखा समितिको भूमिका महत्वपूर्ण रहन्छ । तर, नेपालमा लेखा समितिको भूमिका निकै कमजोर देखियो । सहकारी संस्थालाई बलियो बनाउने सन्दर्भमा कम काम गरेको देखियो ।
यदी समितिलाई बलियो बनाउने हो भने सहकारीमा देखिएको कुशासनको अन्त्य हुन्छ । संस्थाको छबी निमार्ण गर्न लेखा समितिको बढी भूमिका रहन्छ । वास्तवमा भन्ने हो भने समितिको भूमिका कमजोर देखिएकै कारण लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना गरेका हौं ।
२ दिनको गोष्ठीले लेखा समितिको भूमिका बलियो होला त?
यो सुरुवात मात्रै हो । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका जोखिम कस्ता छन्? ति जोखिमलाई कसरी न्यूनिकरण गर्ने? जोखिम न्यूनिकरणका लागि लेखा समितिले के–के काम गर्न सक्छन्? भन्ने विषयमा बृहत छलफल गदछौं । गोष्ठीको अन्तिम दिन छलफलको आधारमा लेखा समितिले गर्ने कामहरुको चेकलिष्ट बनाउँछौं । उक्त चेकलिष्टलाई बुकलेट बनाएर वितरण गर्दछौं । बैंकको लेखा सुपरिवेक्षण समितिले निरन्तर फलोअप समेत गर्नेछ । सहकारी संस्थाको लेखा समितिको क्षमता अभिवृद्धिमा हामी निरन्तर काम गर्नेछौं ।
नेपालको सहकारीमा लेखा समितिको भूमिका कमजोर देखियो भन्नुभयो । हामी कहाँ चुक्यौं त?
पहिलो कुरा त बुझाउने र पढाउने कुरामै हामी चुकेका हौं । दोस्रो भनेको लेखा समिति जगेडा जस्तो बन्यो । सञ्चालक समितिमा अट्न सकेन भने लेखा समितिमा राखिदिने परिपाटी धेरै सहकारीमा बस्यो । लेखा समितिमा क्षमतावान् व्यक्ति चाहिन्छ भन्ने बुझाईमा अभियान कमजोर देखियो । सञ्चालक समितिले लेखा समितिलाई दक्ष बनाउन पनि नखोजेको देखिन्छ । अहिलेकै गोष्ठीमा पनि लेखा समितिका पदाधिकारीलाई प्रतिनिधित्व नगराउन खोजेको देखिन्छ । समग्रमा भन्नुपर्दा लेखा समितिको भूमिका कमजोर देखिँदा नै सहकारी क्षेत्रमा असर गरेको देखिन्छ ।
गोष्ठीमा कस्ता कस्ता विषयलाई प्राथमिकतामा राखेको छ?
२ दिनसम्म सहकारीको जोखिम कै विषयमा केन्द्रीत हुन्छौं । सहकारी संस्थामा आउन सक्ने जोखिमका विषयमा छलफल गराउने छौं । वित्तीय जोखिम, गैर वित्तीय जोखिम, आन्तरिक तथा बाह्य जोखिम लगायतमा छलफल गराउने छौं । देखा पर्ने जोखिमको सामना कसरी गर्ने? जोखिमलाई न्यूनिकरण गर्न कस्ता कस्ता औजार प्रयोग गर्ने? सञ्चालक समितिलाई कसरी सचेत गराउने? भन्ने विषयमा हामी छलफल गराउने छौं ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार
ज्येष्ठ सदस्यको आँखामा खुसी, बुडोल सामुदायिक साकोसको सम्मानमा आत्मीयता
१५ आश्विन २०८३, बिहीबार