२५ वर्षमा ललितपुरकाे हाम्राे साकाेस, रजत जयन्तीमा सदस्य केन्द्रित २५ कार्यक्रम
ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २५ वर्षमा प्रवेश गरेकाे छ।
२०५५ फागुन १३ गते स्थापना भएकाे संस्थाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसकाे अवसरमा संस्थाले मंगलबजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । रक्तदानमा करिब ६० जना सहभागी थियाे।
त्यस्तै रजत जयन्ती प्रतिक चिन्ह अनावरण, नेतृत्व पुनर्मिलन तथा `स्वराेजगारीका लागि सिप´ शुभारम्भ समेत गरेकाे छ । संस्थाले याे वर्षभर सदस्य केन्द्रीत २५ कार्यक्रम गरी रजत जयन्ती मनाउने संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालले जानकारी दिए। ४९ सदस्य र २ लाख ४५ पुँजीबाट सुरु भएकाे संस्थामा हाल ७ हजार सदस्यकाे १ अर्ब ७० कराेड पुँजी निर्माण भएकाे अध्यक्ष फुयालले बताए।
संस्थाले १५ जनालाई सवारी चालक तालिम दिने गरी `स्वराेजगारीका लागि सिप´ शुभारम्भ गरेकाे छ। याे वर्ष ५० जनालाई सवारी चालक तालिम दिने याेजना सहित `स्वराेजगारीका लागि सिप´ कार्यक्रम शुभारम्भ गरेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत ईन्द्र घिमिरेले जानकारी दिए। त्यस्तै स्थापना दिवसकाे अवसरमा नेतृत्व पुनर्मिलन कार्यक्रम समेत गरेकाे छ। 
स्थापनाकालदेखि हालसम्म संस्थाकाे नेतृत्वमा रहेर भुमिका निर्वाह गरेकाहरुकाे समेत भेटघाट गरेकाे छ। स्थापनाकाे २५ वर्षकाे अवधिमा संस्थाकाे सेयर पुँजी १६ कराेड, सदस्य ७ हजार, जगेडा काेष ११ कराेड, बचत १ अर्ब १५ कराेड र कर्जा १ अर्ब ३९ कराेड रहेको संस्थाले जनाएको छ। त्यस्तै संस्थाकाे कुल पुँजी १ अर्ब ७० कराेड रहेकाे छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार