१७ वैशाख २०८३, बिहिबार

वास्तवमा सहकारी के हो र के गर्दछ ?

२०७१ जेठ ३१, शनिवार
वास्तवमा सहकारी के हो र के गर्दछ ?

तारा मंगोल
कतारमा कार्यरत नेपाली श्रमिकहरु बीच आर्थिक चेतनाका विकास हेर्दा अत्यन्तै उत्साहजन नभएपनि केहिहदसम्म उत्साहजनक देखिन आउंछ किनभने ठोस प्रमाण नभएपनि कतारमा अनगिन्ती सहकारी संस्थाहरु सण्चालनमा रहेकोछन् । जिल्ला स्तरिय गांउ स्तरिय तथा आफ्नै कम्पनीमा काम गर्ने साथीभाईहरु मिलेर खोलेका सहकारी संस्थाहरुको लेखाजोखा गर्नेहो भने सायद सैयौंको संख्याहुन सक्दछ । यो सुखद पक्षहो तरपनि यो भित्र निकै समस्याहरु त छन् नै । यसरी खोलिएका सहकारी संस्थाहरुले लाखौंको हाराहारीमा अर्थ संकलन तथा क्रण परिचालन गरिरहेकापनि छन् । यस्ता कार्यहरुबाट सहकारीका सदस्यहरुमा बचत गर्ने बानीको विकास सगैं क्रण प्रवाह हुनगई सेवा सहयोग र आर्थिक आयआर्जनमा केहि हदसम्म टेवा पुग्न जानेहुन्छ । तर यसरी खोलिएका सहकारीहरु कानुनत अवैध मानिन्छन् र पछी भविष्यमा भैपरि आउने समस्याहरुको निराकरण गर्न असम्भवप्राय हुन जाने हुन्छ । यस्ता सहकारीहरुमा आर्थिक हिनामिनाहुने प्रबल संभावना विद्यमान रहिरहन्छ । त्यतिखेर कानुनी सुरक्षा दिन नसकिने वा बचत असुल उपर गर्न अत्यन्तै गाह्रो हुनजानेहुदा बचतकर्ताहरुको बचत डुब्ने संभावना रहन्छ । त्यसैले यो लेखमा सहकारी सम्बन्धी केहि आबस्यक ज्ञान दिने कोशिस गरिएकोछ ।
 
सहकारी संस्था भनेको वास्तवमा सामुहिक रुपमा आर्थिक सामाजिक र सांस्कृतिक प्रगतीको विचार बोकेका ज्ञान तथा शीप सिक्न चाहाना भएका र समाजिक एवं सांस्कृतिक रुपमा समाज परिवर्तन गर्ने भावना भएका आम नागरिकहरुको संस्थाहो र यस्ता संस्थाहरु कुनै ब्याक्त्ति द्धारा हैनकि समुहद्धारा प्रजातात्रिक तवरले संचालित हुन्छन । सहकारी संस्थाले आफ्ना सदस्यहरुमा बचत गर्ने बानीको विकास गराई आफ्ना सदस्यहरु बीच क्रण प्रवाह गर्दै सामुहिक लगानीका आधार निर्माण गर्दछ । आफ्नो संस्थामा आवद्ध सदस्यहरु बीच सहकार्य एकता ज्ञान शीप अनुभव आदिको आदान प्रदानगरि सदस्यहरुलाई समान आर्थिक अवसर प्रदान गर्दै विभिन्न ज्ञान शिप तथा तालिमको माध्यमद्धारा आपसी फाईदा र सुविधाको लागी दत्तचित्तहुने संस्थाहरुलाई नै सहकारी संस्था भन्न सकिन्छ । यस्तो फाईदा र सुविधा उपलब्धहोस कि जसले समुहका हरेक प्रत्येक सदस्यहरुलाई समान आर्थिक समान सामाजिक र समान सांस्कृतिक अवसरहरु प्रदान गरोस । यस्ता सहकारीहरु पूर्ण प्रजातान्त्रिक हुनैप्रर्दछ र यसका सदस्यहरु स्वतस्फूर्त रुपमा संस्थामा आवद्ध भएको हुनुपर्दछ । नेपालको कानुनलाई हेर्नेहो भने कम्तीमा पनि २५ जना संचालक सदस्य भएको ख०डमामात्र सहकारी खोल्न पाउने प्रावधान छ । नेपालमा प्रचलित सहकारी ऐनको मुताबिक गा। वि। स। स्तरमा भए पांच गा। वि। स। र नगर स्तरमा भए पांच वार्डमा मात्र कार्यक्षँेत्र कायमहुने गरि सहकारी संस्थाहरु खोल्न पाउने प्रावधान विद्यमानछ । सहकारीका सदस्यहरु पनि यसै मुताविक भैजाने ब्याब्यस्था नेपालको सहकारी ऐनले गरेकोछ । यदिकुनै पनि सहकारीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिरका ब्याक्तिहरुमा क्रण प्रवाह गरेकोछ वा बचत गराउने गरेकोछ भने सो कदम कानुन विपरित हुनजानेहुनाले त्यस्ता सहकारीहरु खारेजीमा पर्नसक्ने प्रबल सम्भावना हुन्छ । सबैमा ज्ञातहोसकि कानुन विपरित कार्य गर्नु गराउनु एक अपराधहो ।
 
 
 
सहकारी संस्थाहरुको अन्तराष्ट्रिय स्तरमै स्थापित सात सर्बमान्य सिद्धान्तहरु छन् । यिनै सिद्धान्तहरुलाई मुख्य आधारमानेर मात्र सहकारीहरु संचालन गर्न सकिन्छ ।
 
१) स्वेछिक तथा खुल्ला सदस्यता । २) सदस्यहरुद्धारा संस्थामाथी प्रजातान्त्रिक नियन्त्रण । ३) सदस्यहरु द्धारा आर्थिक सहभागिता । ४) स्वायतता तथा स्वतन्त्रता । ५) शिक्षा तालिम र सुचना । ६) सहकारीहरु बीच सहकारिता । ७) समुदाय प्रति चासो ।
 
सहकारीको मूल्य र मान्यताहरुलाई आधारभुत र नैतिक गरि दुईभागमा वर्गीकरण गरिएकोछ ।
 
क। आधारभुत मूल्यहरु स् १। आत्मसहयोग । २। स्वउत्तरदायित्य । ३। प्रजातन्त्र । ४। समानता । ५। न्याय । ६। ऐक्यबद्धता । ७। अनुशासन ।
ख। नैतिक मूल्यहरु स् १। ईमान्दारिता । २। खुल्लापन । ३। सामाजिक उत्तरदायित्य । ४। अरुको हेरचाह ।
 
विश्य क्रण परिषदले बचत तथा क्रण सहकारी संघ संस्थाहरु संण्चालनको लागी तीन गुणा तीन ९३८३० का सिद्धान्तहरु प्रतिपादित गरेकोछ । जसअनुसार
 
क। लोकतान्त्रिक संरचना १) खुल्ला र स्वेछिक सदस्यता । २। प्रजातान्त्रिक नियन्त्रण । ३। भेदभाव रहित ।
 
ख। सदस्यहरुलाई सेवा १) सदस्यहरुलाई सेवा । २) सदस्यहरुलाई वितरण र ३) आर्थिक दायित्व ।
 
ग। समाजिक उद्देश्यहरु १) अनबरत शिक्षा । २) सहकारी बीच सहयोग तथा ३) सामाजिक दायित्वहरु ।
 
नेपालमा सहकारीका शुरुवात राणा शाशनको अन्त्यभएपश्चात भएको मानिन्छ । २०१६ सालमा चितवन जिल्लामा तत्कालिन मुत्ति सेनाका कमाण्डर बखत गुरुगंको अध्यक्ष्यतामा स्थापना भएको बखत सहकारीलाई नै नेपालको पहिलो सहकारी संस्था मानिन्छ । प्रजातन्त्रको हत्यापछी नेपालमा सहकारीको विकासमा ठुलो तुसारापात आईलाग्यो र यसको विस्तार बन्द गरियो । किनभने सहकारीले जनताहरुमा आपसी आर्थिक सम्बन्ध स्थापना भई जनसम्बन्धको भावना जागृत गराई जनताहरुको सामुहिक रुपमा आर्थिक स्तर बलियो बनाउने र जनचेतना जगाउने भएको कांरणले गर्दा पंचहरु ले सहकारीको विकास र विस्तारमा रोक लगाए । दरबारको स्वामित्व र निर्देशनमा रहनेगरेर मात्र पंचायतले केहि सहकारीको जन्म गराएकोथियो । साक्ष्ाुा प्रकाशन साक्ष्ाुा यातायात आदि यस्ता प्रकारका सहकारीका केही उदाहरणहरु हुन् । तर प्रजातन्त्रको पूनस्थापना भएपश्चात नेपालमा सहकारीहरु च्याउ जस्तै उम्रन थाले । गांउगांउमा सहकारीको स्थापनाहुनु अत्यन्तै सकरात्मक पक्ष हुंदाहुंदैपनि यसको कार्यमूल्यांकन तथा कार्यसम्पादनको देखरेख सम्बन्धित पक्ष बाट हुन नसक्दा सहकारीहरु कति ठांउमा त बर्जपातको रुपमापनि देखिन थाल्यो । सहकारीको आगमनले नेपाली जनताको जीवनस्तरमा उल्लेखनिय परिवर्तन ल्याएकोपनि हो र जनताहरुको चेतनाको स्तरमा पनि धैरै विकास गरेकैहो तर यसको निती नियम र कानुनको फितलो कार्यान्यवनको कांरणले गर्दा जनताले बचतगरेको रकमहरु हिनामिना गर्ने देखी लिएर रकम उठाएर कुलेलम ठोक्ने सहकारीहरुको संख्या दिन दुईगुना र रात चारगुना भएर गए । यो कांरणले गर्दा जनताको नजरमा सहकारी प्रतिको वितृष्णा जाग्नपनि थाल्यो ।
 
विदेशी भूमीमा कार्यरत नेपालीहरुले पनि विभिन्ननामधारी सहकारी जन्माएका छन् तर यसरी जन्मेका सहकारीहरुको रेखदेख कानुनी तवरले गर्न सम्भव नभएकोले विदेशी माटोमा जन्मेको सहकारीहरुले हजारौं नेपालीहरुको रकम हिनामिना मात्रै हैन जीवनमा कहिल्यै उठाउन नसक्नेगरि खाईदिएको उदाहरणहरु हामीमा कति छन् कति । तसर्थ विदेशमा यस्ता सहकारीहरुको स्थापना गर्दा यस्ता संस्थाको कानुनी हैसियत र संस्थाका संन्चालकहरुको विस्यासिलो आधार प्रस्त हुनु जरुरीछ । कतारका परिप्रेक्ष्यमा स्थापित सहकारीहरु पनि कानुनत दर्ता नभएको र दर्ता भएका सहकारीहरुले पनि सहकारीको अन्तराष्ट्यि सिद्धान्तलाई आत्मसाथ गर्न नसक्नेहुनाले यस्ता संस्थाले गर्ने आर्थिक कि्रयाकलापहरु सहकारी सिद्धान्तको विरोधमा छ । सहकारीको मूल्य र मान्यताहरुलाई पनि कतारमा स्थापित सहकारीहरुले कुनैपनि हालतमा आत्मसाथ गर्न सक्दैनन् त्यसैले यस्ता सहकारीहरु कुनैपनि समयमा खारेजीमा पर्न सक्ने संभावना प्रबल छ ।
 
त्यसैले तपाईले कतारमा खोलिएका सहकारीहरुमा आबद्ध हुनु पूर्व केहि महत्यपूर्ण कुराहरुमा ध्यानदिनु जरुरीछ हैनभने तपाईले आफुले मेहनत गरि कमाएको आफ्नो कमाईमाथी नै रुनुपर्नेछ । के तपाई आबद्ध हुनुभएको सहकारी नेपालमा कानुनत दर्ता छ रु के तपाईको सहकारी विश्यस्तरमा स्थापित सात सर्बमान्य सिद्धान्तहरुमा आधारित छ रु के तपाईको संस्था सहकारीको आधारभुत तथा नैतिक मूल्य र मान्यताहरुमा प्रतिबद्ध छ रु के तपाईको सहकारी विश्य क्रण परिषदले निर्दिष्त गरेको ३८३ सिद्धान्तहरुको आधारमा चलेको छ रु के तपाईको सहकारी नेपालको कृषी तथा सहकारी मन्त्रालय सहकारी विभागको कार्यालयले तर्जुमा गरेको भौगोलिक तथा पेशागत अबधारणामा आधारित छ रु यी प्रश्नहरुको सीधा उत्तर यदि तपाई पाउनु हुन्नभने तपाई सहकारीमा आबद्ध हुनेनाममा कुनै ठगको षडयन्त्रमा पर्दैहुनुहुन्छ । आज नभए भाली तपाईको दूखको कमाई कसैको पकेटमा भित्रिने निश्चितछ । कसैले तपाईलाई सहकारीको सदस्यभएको नाममा सर्टिफिकेट िदंदैमा पनि तपाईको सहकारी कानुनी आधारमा स्थापित छ वा सहकारीको सिद्धान्त मूल्य र मान्यताहरुको जग टेकेको छ भन्ने हुंदैन । माथीका गहन प्रश्नहरुको उत्तरपाउने हक तपाईको हो । यी प्रश्नहरुको उत्तर तपाईले खोज्नै पर्दछ । आर्को महत्यपूर्ण कुरो कुनैपनि सहकारीको नाम छोटकरीमा राख्नुपनि कानुनको दायरा छल्न खोज्नु सरहनैहो । किनभने भोली न्यायलयमा मुद्दामामिला पर्दा यसरी छोटकरीमा नाम रहने संस्थाहरुले सिधै ग्राहकतथा शेयर सदस्यहरुलाई ठग्ने संभावना सय प्रतिशत हुनजानेहुन्छ । जस्तै कि ननेक सहकारी अथवा नयां नेपाल कम्यूनिटी सहकारी । यस्तो नामले ठुलो कानुनी क्ष्ाुमेला निम्त्याउन जानेहुन्छ । सहकारीलाई कसरी पनि हेरिएको छ भने यसले त सदस्यहरुबाट प्रत्येक महिना निश्चित रकम उठाउछ र सो रकमलाई फेरि सबैमा क्रणको रुपमा लगानी गर्दछ । यो मान्यतापनि अविकशिल मान्यताहो । बरु सहकारीले यसरी वितरणहुने रकमको उत्पादनशिल उद्यमशिल आत्मस्वाबलम्बी र औद्योगिक प्रयोगको वकालत गर्दछ । क्रण तिर्न घर जग्गा किन्न वा घर निर्माण गर्नको लागी सहकारीले क्रण प्रवाह गर्दैन यस्ता प्रयोजनको लागी अतिनै सानो रकम प्रवाह गर्ने सरकारी नियमको अपहेलना गरेका छन् अधिकांश सहकारीहरुले ।
 
कतारमा देखिएको सहकारीहरुको ट्रेन्ड हेर्दा आर्थिक कि्रयाकलापमा उत्साहजनक सहभागिता देखिन आएपनि यहांका सहकारीहरु असाध्यै नाजुक र कानुनी आधारलाई भताभुगं पारी स्थापना गरिएको छ । शूरुमानै भनिएको छ कुनैपनि सहकारीले नगरक्षेत्रमा भए पांचवट बार्ड सम्म र गांउ स्तरमा भए पांच गा। वि। स। सम्ममा मात्र आफ्नो कार्यक्षेत्र निर्माण गर्न पाउंदछ तर यस्तो महत्यपूर्ण कानुनी परिपाटी कतार तथा अन्य विदेशी भूमीमा स्थापित सहकारीहरुले पालना नगरेको देखिन्छ । त्यतीमात्र नभएर पेशागत सहकारीहरुको हालत अक्ष्ाुै यो भन्दा नाजुक छ । देश सरकार र कानुनलाई एकबर्ष वा दुई बर्ष छल्न सकिएला जीवनभरी राष्ट्रको कानुनलाई छल्नसक्छु भन्ने कल्पना गर्नु अति खतरनाकपूर्ण कार्य हो । नेपालको सहकारी कानुनले विषेश प्रकिया पुर्याईएका धेरै कम सहकारीलाई मात्र राष्ट्रब्यापी मान्यता दिएकोछ अन्यथा जिल्लास्तरिय वा अन्चलस्तरिय सहकारीहरुको स्थापना नेपाली सहकारी कानुनको विरोधमा छ ।
 
 
 
सहकारीकरणले समाजमा मिलेर बस्न सिकाउंदछ । सहकारीकरणले बचतगर्ने बानीको विकास गराउदछ । यसले बचतगर्नको लागी अबसरहरु हेर्न सिक्न र जान्नको लागी सदैब उत्प्रेरित गरिरहन्छ । सहकारीले जनतामा सामाजिक भावना पैदा गराउदछ । शीप नहुनेहरुलाई शीप सिकाउदछ । शीपहुनेहरुलाई लगानी गरि उनीहरुमा आत्मस्वाबलम्बन बन्ने बानीको विकास गराउदछ । सहकारीले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्नको लागी उनीहरुलाई प्रत्यक्षरुपमा आर्थिक आयआर्जनका क्षेत्रहरुमा प्रबेशकोलागी आबह्रान गर्दछ । सहकारीकरणले नागरिक नागरिक बीचको असल सम्बन्ध पैदा गर्दछ साथै यसले नागरिक र समाज बीचको सम्बन्धलाई नयां ढंगबाट परिभाषित पनि गर्दछ यसरी समर्ग रुपमा सहकारीको बिकास र विस्तारले ब्याक्ति आफै समाज प्रति र िसंगो राज्यप्रति उत्तरदायित्यबोध गर्नसक्ने नागरिकहरुको जमात तैयार पार्दछ । प्रजातान्त्रिक नेतृत्वबिना सहकारीको कल्पनासम्म पनि गर्न सकिदैन । यसको अर्थ यो हुन्छकि सहकारीको विकास र विस्तारले देशका नागरिकहरुको आर्थिक आयआर्जनमा त प्रगती हुन्छ नै साथै यसले असल संस्कारयूक्त प्रजातान्त्रिक प्रणालीको पार्दुभावमा समेत महत्यपूर्ण योगदान दिन सक्दछ यसले समाजमा भाईचाराको विकास गरि राष्ट्रिय एकताको माला तैयार गर्न महत्यपूर्ण आधार खडा गर्दछ यी र यस्तै सोच र ब्याब्यहारले नै नयां नेपाल निर्माण गर्न सकिन्छ । तर अबैधानिक तवरले चलाईका सहकारीहरुले ठग फटाहा र जाली तत्वहरु पैदागर्दछ । यी नै असभ्य र भ्रष्ट समाजनिर्माका बलिया खम्बाहरु हुन् । आजको नेपालको यो हविगतहुनुमा यस्ता प्रवृतीहरुको बलियो हात रहेकोछ ।
 
 
लेखक राष्ट्रप्रेम सेभिगं एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेड नेपालका अध्यक्ष हुनुहुन्छ । साभार , http://rojgarltd.wordpress.com/

अभिलेख

लोकप्रिय