९ भदौ २०८३, मङ्गलबार

हाम्राे साकाेसका सदस्यले सवारी ब्लुबुक नविकरण र कर भुक्तानी संस्थाबाटै गर्न सक्ने

२०७८ भदौ २६, शनिवार
हाम्राे साकाेसका सदस्यले सवारी ब्लुबुक नविकरण र कर भुक्तानी संस्थाबाटै गर्न सक्ने

ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेकाे हाम्रो बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ब्लूबुक नविकरण तथा कर भुक्तानी सेवा सुरु गरेको छ ।

अब संस्थामा आवद्ध सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडीको ब्लूबुक नविकरण तथा कर भुक्तानी संस्थाबाट नै भुक्तानी गर्न सकिने भएको हो ।

संस्थाले स्मार्ट सर्भिस इन प्रा. लि. सँगको सहकार्यमा सेवा सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिनुभयो । संस्थाका सदस्यले याे सेवा मुख्य कार्यालय लगनखेल, सेवा केन्द्र गाेटिखेल र बालाजु बसपार्कबाट याे सेवा लिन सक्ने उहाँले बताउनुभयाे ।
उक्त सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब सहकारीको कार्यालयबाटै हुनेछ । व्यस्त दैनिकीमा सदस्यहरुको सहजताको लागि नयाँ सेवा सुरु गरेको प्रमुख घिमिरे बताउनुभयो ।

अभिलेख

लोकप्रिय