सहकारी महासंघका अध्यक्षलाई प्रश्नः कर्जा सुचना केन्द्र कहिले आउँछ ?
सहकारी संस्थाबाट ऋण लिने अनि नतिर्ने गरेको उदाहरण धेरै छन् । कर्जा सुचना केन्द्र नहुँदा यस्तो समस्या देखिएको छ । सहकारीमा कर्जा सुचना केन्द्र कहिले आउँछ ?
कर्जा सुचना केन्द्रको बारेमा सहकारी नियमावलीले ब्याख्या गरेको छ । कर्जा सुचना केन्द्र विशिष्टिकृत संघ बनाएर गठन गर्न सक्ने व्यवस्था छ । नियमावलीको आधारमा राष्ट्रिय सहकारी महासंघले छलफल गरेको छ । सहकारी मन्त्रालय, विभाग, विकास बोर्ड र महासंघका प्रतिनिधि बीच २÷३ पटक नै छलफल भैसकेको छ ।
संघ गठनको लागि विनियमावली पनि तयार गरीसकेका छौं । सरकारको पनि सहभागीतामा सुचना केन्द्र स्थापना गर्ने तयारीमा छौं । यसको तयारी भई रहेको छ । गठन पश्चात ऋण नतिर्ने सहकारीका सदस्य कालोसुचिमा राख्न सक्ने व्यवस्था हुन्छ । सम्बन्धीत सहकारी संस्थाको सिफारिसमा सुचना केन्द्रले कालोसुचिमा राख्न सकिने र हटाउन पनि सकिन्छ । स्थापनाको लागि महासंघको पहलमा काम भईरहेको छ ।
कहिलेसम्म कर्जा सुचना केन्द्र स्थापना होला ?
कम्तिमा २५ वटा संघ/संस्था मिलेर संघ गठन गर्न सकिने व्यवस्था छ । यसमा वित्तीय कारोबार गर्ने सबै सहकारी आवद्ध हुनुपर्दछ । दर्ता हुँदा २५ वटा भएपनि पछि बढ्दै जान्छ । प्रकृयामा अघि बढीसकेको छ । सकेसम्म छिट्टै संघ गठन हुनेछ र सोही संघले कर्जा सुचना केन्द्र सञ्चालन गर्दछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार