COPOMIS का उपयोगिताहरू
– सहकारी संघ, संस्थाहरूको गठन स्थापना, कारोवार तथा वित्तीय अवस्था सम्बन्धी भरपर्दो एवं अद्यावधिक सूचना, आँकडा एवं तथ्याँकहरू
वास्तविक समयमा प्राप्त हुने ।
– सहकारी क्षेत्रको वास्तविक स्थिति तथा प्रगति आँकलन एवं अनुमान गरी सरोकारवाला निकायहरूलाई सहकारीसम्बन्धी उपयुक्त निर्णय लिन
सघाउ पुग्ने ।
– सहकारी संघ, संस्थाहरूको अनलाइन (Online) र अफलाइन (Offline) अनुगमन कार्य प्रभावकारी हुने, अनुगमनमा लाग्ने समय बचत एवं अनुगमन लागत कम गर्न सघाउ पुग्ने ।
– सहकारी संघ, संस्थाको आर्थिक कारोवारको वित्तीय र व्यवसायिक जोखिमको पहिचान यथा समयमा हासिल भै सम्भाव्य उपचारका उपायहरू उचित रूपमा अवलम्बन गर्न सकिने ।
– सहकारी संघ, संस्थाहरूको वर्गीकरण लगायत सहकारी क्षेत्रमा संचालन गर्न सकिने सम्भाव्य उद्योग, ब्यवसायहरूको लागि कार्यक्रम, योजना, आयोजना र बजेटको अनुमान गर्न सहयोग पुग्ने तथा पुँजी परिचालनको लागि सम्भाव्य क्षेत्र पहिचान गर्न सकिने ।
– सहकारी संघ, संस्थाको वित्तीय र गैरवित्तीय कारोवारहरूको सूचना लिई समग्र मूल्याङ्कन गर्न सकिने ।
– गरिबी निवारण तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यहरूमा प्रभावकारी समन्वय स्थापित भै सरकारी तथा गैरसरकारी निकायहरू बीचको सहकार्यमा उपलब्ध साधन, श्रोतको उच्चतम सदुपयोग गर्न सकिने ।
– सहकारी संघ, संस्थाहरू लगायत गरिबी निवारण सम्बन्धी कार्य गर्ने निकायहरूलाई संस्थाको समग्रको अवस्थाको विश्लेषण एवं मूल्यांकन र भविष्यको लागि योजना तर्जुमा गर्न सहयोग पुग्ने ।
– आम नागरिकहरूले सहकारी दर्ता, अभिलेख र सहकारी तथा गरिबी सम्बन्धी सूचना, तथ्याङ्कको सेवा छिटो छरितो रूपमा प्राप्त गर्न सक्ने ।
– राष्ट्रिय, केन्द्रीय तथा जिल्लास्थित सहकारी संघ र सहकारी बैंकहरूले आफ्ना सदस्यहरूको वित्तीय तथा सस्थागत अवस्थाका सम्बन्धमा जानकारी हासिल गरी प्रवद्र्धनात्मक तथा क्षमता विकासका कार्यक्रमहरू संचालन गर्न मदत पुग्ने ।
– सहकारी संघ, संस्थाका सदस्यहरूले आफु सदस्य भएको संघ, संस्थाको वित्तीय, गैह्र वित्तीय तथा ब्यवस्थापकीय काम कारवाहीबारे सहज रूपमा जानकारी हासिल गर्न सक्ने ।
– सहकारी संघ, संस्थाका काम कारवाहीलाई पारदर्शी बनाई संस्थागत सुशासन अभिवृद्धि गर्न सघाउ पुग्ने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार