१८ वैशाख २०८३, शुक्रबार

श्री जनकल्याण सहकारीमा आगलागी, सबै कागजात जलेर नष्ट

२०७५ असोज १०, बुधबार
श्री जनकल्याण सहकारीमा आगलागी, सबै कागजात जलेर नष्ट

aaglagi-sahakari

इटहरी । सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार मंगलबार राती साढे ११ बजे आगलागी भएको हो ।

बिद्युत शर्ट भइ आगलागी भएको हुँन सक्ने संस्थाका अक्ष्यक्ष मिलिराम चोधरीले बताए । उनका अनुसार आगलागीमा करिब एक करोड बढीको सम्पत्ति नष्ट भएको छ ।

आगलागीबाट संस्थाको कागजपत्र, कम्प्यूटर, फर्निचर लगायत समानहरु जलेर नष्ट भएको छ ।

आगो निभाउन विराटनगरबाट २ वटा, इटहरी, इनरुवा र दुहवीबाट एक एक वटा गरि ५ ओटा दमकल ल्याइएको थियो । ती दमकलले ४ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको दुहवीका बारुणयन्त्र इञ्चार्ज प्रतापचन्द्र राजवंशीले जानकारी दिए ।

aaglagi janakalyan 2

अभिलेख

लोकप्रिय