सरकारी अनुदान पाउने सहकारीले पालना गर्नु पर्ने शर्त
१) अनुदान लिई संचालित उद्योग कम्तीमा १० वर्ष सम्म विक्रि गर्न पाईने छैन। त्यस पछि विक्रि गर्नु परेमा सहकारी विभागको पूर्व स्वीकृति लिएर मात्र विक्रि गर्न सकिनेछ ।
२) निर्धारित उद्योगमा अनुदान रकम प्रवाह भैसकेपछि जुन प्रयोजनको लागि अनुदान लिएको हो सोही सम्वन्धी उद्योग स्थापना गरी संचालन गर्नु गराउनु पर्नेछ ।
३) उद्योगमा कम्तीमा ८० प्रतिशत स्वदेशि कच्चा पदार्थको प्रयोग गर्नु पर्नेछ ।
४) यस कार्यविधि अनुरुप अनुदान लिई संचालन हुने उद्योगमा अदक्ष श्रमिकको हकमा सम्पूर्ण स्वदेशी जनशक्तिको प्रयोग गर्नु पर्नेछ र दक्ष जनशक्तिको हकमा स्वदेशी उपलब्ध हुन नसकेमा मात्र प्रचलित कानून अनुसार विदेशी जनशक्ति प्रयोग गर्न सकिनेछ ।
५) कुनै उद्योगीले यस कार्यविधि अनुरुप अनुदान रकम प्राप्त गरी सकेपछि तोकिएको समय अघिनै उद्योग विक्रि गरेमा वा संचालन नगरेमा १० प्रतिशत हर्जाना सहित उक्त अनुदान रकम सम्वन्धित सहकारीबाट असुल उपर गरिनेछ ।
अनुदान रकम लिनु अगाडि सम्वन्धित सहकारी संघ संस्थाको तर्फबाट अध्यक्ष वा सञ्चालक समितिले तोकेको पदाधिकारीलेनिम्न बमोजिमका शर्तहरु समेत पालना गर्ने गराउने गरी गरेको सम्झौताको आधारमा अनुदान रकम उपलब्ध गराइनेछ ।
सहकारी संघ/संस्थाहरुलाई उपलब्ध गराईने अनुदान एवं भन्सार महशूलमा छुट सुबिधा सिफारिश सम्बन्धी कार्यविधि,२०६८
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते
१९ आश्विन २०८३, सोमबार
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार