८ प्रतिशत लाभांश पारित गर्दै जनसेवी साकोसको सातौँ साधारण सभा सम्पन्न
पोखरा : जनसेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको स्थापना दिवस तथा सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तिर्थशर्मा ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी, साहित्यकार तथा पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
त्यसैगरी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विष्णु ढकाल तथा यन यम वि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सजल खड्का विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार केशव प्रसाद ढकाल, सामाजिक विकास मन्त्रालयका उपसचिव टंक प्रसाद ढकाल, यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख नारायणप्रसाद ढकाल, आधिखोला गाउपालिका छ का अध्यक्ष नबिन ढकाल, जिल्ला अदालत स्याङ्जाका अधिकृत युवराज ढकाल, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दिवस ढकाल, मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, एनएमबी लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुख रामप्रसाद भण्डारी, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुख खेमनारायण रेग्मी, मुक्तिनाथ विकास बैंक बिरौटा शाखाका शाखा प्रबन्धक ऋषिराम ढकाल, ग्यालेक्सी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषिराम ढकाल, मुक्तिनाथ विकास बैंक बैदाम शाखाका प्रमुख दिवेन्द्र ढकाल, प्रगतिसिल सहकारी संस्था लि. का अध्यक्ष कृतिनाथ देवकोटा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक सचिव धर्मदत्त आचार्यले गर्नुभएको थियो ।
संस्थाका सचिव भीम राज पण्डित कोषाध्यक्ष बाबुराम अधिकारी तथा लेखासमिती संयोजक दिपेन्द्र ढकालले आर्थिक वर्ष २०८२/०८३ को संस्थाको सम्पत्ति, दायित्व, वार्षिक योजना तथा बजेटसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा सल्लाहाकार दिबस ढकाल, नबिन ढकाल, तथा टंक प्रसाद ढकालले शुभकामना एवं संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।
सभामा संस्थापक अध्यक्ष केशब प्रसाद ढकालले संस्थाको विगतदेखि वर्तमानसम्मको यात्राबारे जानकारी गराउँदै २५ जना शेयर सदस्यबाट सुरु भएको जनसेवी बचत तथा ऋण सहकारी संस्था हाल ५०३ जना सदस्यमा विस्तार भएको जानकारी गराइएको थियो ।
स्थापनाकालदेखि नै सहकारीका मूल्य, मान्यता, सिद्धान्त तथा प्रचलित ऐन, नियम र मापदण्डलाई आधार बनाएर संस्था अघि बढिरहेको कार्यक्रममा बताइएको थियो ।
स्थानीय स्तरमा छरिएर रहेको सानो–सानो पूँजीलाई एकीकृत गर्दै सदस्यहरूको आर्थिक अनुशासन कायम गर्ने, जीवनस्तर सुधार गर्ने तथा आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने संस्थाको उद्देश्य रहेको जनाइएको छ ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट व्यावसायिक सदस्य तथा ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा गोमा न्यौपाने, रमेशप्रसाद शर्मा, चित्रादेवी ढकाल, गीता बराल, श्यामादेवी मल्ल र शारदा गौतमलगायत सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा सम्पूर्ण शेयर सदस्यप्रति आभार व्यक्त गर्दै संस्थाका अध्यक्ष तिर्थ शर्मा ढकालले आगामी दिनमा समेत सबैको सहयोग, सुझाव र सहकार्यबाट संस्थालाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सभाले विभिन्न प्रतिवेदनहरु पारित गर्नुका साथै गत आवको मुनाफाबाट सदस्यहरुलाई ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
८ प्रतिशत लाभांश पारित गर्दै जनसेवी साकोसको सातौँ साधारण सभा सम्पन्न
११ आश्विन २०८३, आईतवार
गण्डकी साकोसको ३५ औं साधारण सभा सम्पन्न, संस्थागत पुँजी ११ प्रतिशत कायम
१० आश्विन २०८३, शनिबार
सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रस्ताव सर्वसम्मत पारित
१० आश्विन २०८३, शनिबार