बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा संगठनात्मक दिगोपन र संस्थागत सेवाहरुको लागि सहकारी स्वःनियमन कार्यक्रम (कोशिस) कार्यक्रम अन्तर्गत चौथो समूहको ५औं सार्थक एवम् नविनतम व्यवस्थापन कार्यशाला (5th We Can Workshop) सम्पन्न भएको छ ।

बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा एवं ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन महाशाखा प्रमुख दयाराम खत्रीको आतिथ्यतामा प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंमा बिहीबार सम्पन्न भएको हो।
सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रबद्र्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हासिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा संघका सचिव ठाकुर प्रसाद बास्कोटाले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्नुभएको थियो ।
कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्य स्वरुप नियमति अनुशिक्षणको अभ्यास अन्तर्गत साकोसमा आन्तरिक सुशासन (Good Governance In Cooperative )विषयमा प्र शिक्षण गरिएको थियो । कार्यक्रममा उपस्थित चौथो समूहका ६ वटा साकोस मध्ये ५ वटाको प्रगति प्रस्तुतिकरण र प्रस्तुतिकरण उपर पृष्ठपोषण बागमती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले गर्नुभएको थियो ।
कार्यक्रममा आगामी ३ महिनामा पुरा गर्नुपर्ने क्रियाकलापहरुमा सामूहिक प्रतिवद्धता समेत प्रमुख पुडासैनीले गराउनुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार