उज्यालो पार्टीको घोषणापत्र: कृषि सहकारी स्टार्टअप फन्डदेखि पीडितलाई न्यायसम्म
काठमाडौं : उज्यालो नेपाल पार्टी ले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा सहकारी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक घोषणापत्रमा पार्टीले शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिसँगै सहकारी क्षेत्रको सुदृढीकरणलाई विशेष जोड दिएको हो।
घोषणापत्रअनुसार कृषि क्षेत्रमा आवद्ध युवा समूहलाई लक्षित गर्दै ‘कृषि सहकारी स्टार्टअप फन्ड’ स्थापना गरिनेछ। यसअन्तर्गत युवा किसान समूहलाई ५ वर्षका लागि अधिकतम २५ लाख रुपैयाँसम्मको सहुलियत ऋण उपलब्ध गराइने व्यवस्था मिलाइने पार्टीको प्रतिबद्धता छ। पार्टीका अनुसार यस कार्यक्रमले उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।
त्यस्तै, सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको अनियमितता र ठगी प्रकरणप्रति कडा कदम चाल्ने घोषणा गरिएको छ। सहकारी ठगी र लघुवित्त पीडितलाई न्याय दिलाउन उच्चस्तरीय न्यायिक आयोग गठन गरी विस्तृत अनुसन्धान र दोषीमाथि कानुनी कारबाही अगाडि बढाइने उल्लेख छ।
घोषणापत्रमा सहकारीका ५ लाख रुपैयाँसम्मका बचतकर्तालाई विशेष संरक्षण दिने नीति पनि समेटिएको छ। यसअन्तर्गत सरकारले पीडकबाट क्रमिक असुलउपर हुने गरी पीडित बचतकर्तालाई बचत रकम फिर्ता गराउन पहल गर्ने व्यवस्था गरिने जनाइएको छ।
आर्थिक समृद्धिका लागि स्वदेशी पूँजी परिचालनमा जोड दिँदै निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य विस्तार गरिने नीति पनि पार्टीले अघि सारेको छ। आवश्यक प्राथमिकता प्राप्त क्षेत्रहरूमा वैदेशिक लगानी आकर्षित गर्ने रणनीति अवलम्बन गरिने प्रतिबद्धता जनाइएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
उज्यालो पार्टीको घोषणापत्र: कृषि सहकारी स्टार्टअप फन्डदेखि पीडितलाई न्यायसम्म
३ फाल्गुन २०८२, आईतवार
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार