सामुदायिक साकोसको ३१औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती, काभ्रेको ३१ औं वार्षिक साधारण सभा नियामकीय मापदण्डहरुको पूर्ण पालना गर्दै सातवटा एकाइमा सम्पन्न भएको छ ।
कार्तिक २८ र २९ गते आयोजित सभामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम औपचारिक कार्यक्रमलाई प्राथमिकतामा नराखी पूर्व निर्धारीत समान कार्यसूची अनुुसार साधारण सभाको पहिलो दिन बनेपा एकाइ, काठमाडौं एकाइ, पाँचखाल एकाइ र भकुण्डे एकाइमा भएको थियो । त्यस्तै दोस्रो दिन पनौती एकाइ, कुशादेवी एकाइ र ढुंखर्क एकाइ गरी सात वटा एकाइमा सम्पन्न भएको छ । साधारण सभामा ६५.८३ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षामा संचालित पनौती एकाइ अन्तर्गत मुख्य कार्यालय पनौती ४, टौखालमा सम्पन्न साधारण सभा कार्यक्रममा संस्थापक अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकका सचिव प्रकाश बन्जारा, निर्वाचन उपसमिति संयोजक इन्द्र प्रसाद अधिकारी समेतको उपस्थितिमा संस्थाका संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ र संस्थापक सदस्य सुरथ थापाद्वारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी साधारण सभाको शुभारम्भ गरिएको थियो । संस्थामा रिक्त रहेको लेखा सुपरिवेक्षण समितिको सदस्य (महिला) एक पदमा उपनिर्वाचनमार्फत पनौती ६ की रन्जु सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ।
काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौं, मकवानपुर र सिन्धुली गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थाको आ.व. २०८१/०८२ को अन्तसम्ममा कुल ६० हजार ८ सय ६६ जना शेयर सदस्य, कुल पुँजी ५ अर्ब ९८ करोड ३० लाख ९३ हजार ९३१ रुपैयाँ, जगेडा कोष ४६ करोड ५५ लाख ८३ हजार ९८२ रुपैयाँ, शेयर पुँजी ४९ करोड ३८ लाख ८ हजार ६०० रुपैयाँ, बचत संकलन ४ अर्ब २७ करोड ९८ लाख ७४ हजार ६९३ रुपैयाँ, लगानीमा रहेको ऋण ४ अर्ब ३६ करोड ३० लाख ८ हजार ९८६ रुपैयाँ रहेको छ ।
आ.व. २०८१/०८२ मा संस्गाले ४ करोड ३ लाख १२ हजार १५४ रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको आ.व. २०८१/०८२ को प्रति शेयर आम्दानी ७.९२ रहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार