राष्ट्रिय सहकारी बैंकको २२औं साधारण सभा मंसिर ६ गते, पौष मसान्त भित्र निर्वाचन
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गते शनिवार हुने भएको छ।
बैंकको सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
बैंकको २२औं वार्षिक साधारण सभा अन्तरगत मङ्सिर ६ गते सातै प्रदेशमा एकाइ सभा र १३ गते एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा गर्ने निर्णय भएको बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले बताउनुभयो।
एकाइगत रूपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुनेछ।
भर्चुअल र भौतिक रूपमा सम्पन्न गरिने साधारण सभाको उद्घाटन सत्र संयुक्त रूपमा र छलफल सत्र प्रदेशगत रूपमा सम्पन्न गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले जानकारी दिनुभयो।
सात प्रदेशमा हुने एकाइ सभाबाट चयन हुने प्रतिनिधिहरूले साधारण सभाको बैठकको निर्णयहरू प्रमाणित गर्ने सभा मङ्सिर १३ गते काठमाडौंमा हुनेछ।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमको विषयमा छलफल एवम् निर्णय हुनेछ ।
सभामा बैंकको विनियम संशोधन, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी पौष मसान्त भित्र सम्पन्न गर्ने गरी मिति तय गर्ने र कार्यविधिहरू थप तथा संशोधन, नियमनकारी निकायको निर्देशनको जानकारी सहित विभिन्न कार्यसूचीहरूका विषयमा छलफल एवम् निर्णय हुनेछ।
त्यसैगरी बैठकले अविरल वर्षापछि इलाममा गएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई बैंकले ५ लाख बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार