११औं वार्षिक साधारण सभा सम्बन्धी एकीकृत फ्रेडसिप सहकारीको सूचना
दोलखाको जिरी नगरपालिका-५, जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेडसिप बचत तथा ऋण सहकारी संस्थाले एकाईगत रुपमा ११औं वार्षिक साधारण सभा गर्ने भएको छ ।
असोज २३ गते बिहीबार एकाई १, असोज २५ गते एकाई २ र असोज २९ गते बुधबार साधारण सभा हुने संस्थाले जनाएको छ । त्यस्तै निर्णय प्रमाणित सभा कात्तिक १ गते संस्थाको मुख्य कार्यालयको सभा हलमा हुने संस्थाले जनाएको छ ।
साधारण सभामा विभिन्न १७ वटा एजेण्डा उपर छलफल भई पारित गर्ने कार्यतालिका छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै सभा सम्पन्न गर्ने संस्थाले जनाएको छ ।
सहकारी प्राधिकरणको नियामकीय मापदण्ड र सहकारी विभागले जारी गरेका निर्देशनको पूर्ण पालना गर्दै सरकारी कोषबाट सेवा सुविधा लिइरहेका लेखा सुपरीवेक्षण समितिका संयोजक १ र सदस्य १ जनाले पदबाट राजिनामा दिएकाले सभामा निर्वाचन प्रक्रियामार्फत रिक्त रहेका पदहरू पूर्ति गर्न लागेको संस्थाले जानकारी दिएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते
१९ आश्विन २०८३, सोमबार
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार