सहकारी सफ्टवेयर ‘प्रिमियम सीबीएस’ ११औं वर्षमा, समय सापेक्ष परिस्कृत सेवा दिन तत्पर
काठमाडौं : सहकारीको सेवा प्रविधि मैत्री बनाउने उद्देश्यका साथ स्थापित अत्याधुनिक वेब बेस्ड प्रविधियुक्त कोर बैंकिङ सिस्टम ‘प्रिमियम सीबीएस’ स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ ।
आईएसओ ९००१ः२०१५ प्रमाणित सहकारी सफ्टवेयर ‘प्रिमियम सीबीएस’ सहकारी क्षेत्रमा लोकप्रिय छ । प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निमार्ण गरेको कोर बैंकिङ सिस्टमलाई देशरभरका ४ सय ५० भन्दाबढी संस्थाहरुले प्रयोग गर्दै आएका छन्।
सहकारीहरुको साथै लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरूको सेवालाई प्रविधि युक्त बनाउन प्रिमियम टेक्नोलोजीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
११औं स्थापना दिवसको अवसरमा कम्पनीसँग जोडिएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिवद्धता प्रिमियम टेक्नोलोजीले जनाएको छ ।
प्रविधिको सेवा मात्र हाम्रो उद्देश्य नभएर त्यस्ता संघ संस्थालाई ब्यवस्थित, मर्यादित अनि विश्वासिलो बनाउनु पनि हाम्रो दायित्व र कर्तब्य ठानेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनलाल बनले बताए । उनले भने, ‘हामीलाई लाग्छ आज हामी ११ वर्ष प्रवेश गर्दै गर्दा हामीले हाम्रा सदस्य ग्राहकहरुबाट पाएको मायाले हामी त्यो दायित्व र कर्तब्यबाट विमुख भएका छैनौं झनै हौसियका छौं । त्यसैले ४५० संघ/ संस्थासँग जोडिन पाएका छौं । हामीले पाएको यो विश्वासको हाँगा हामी अझै फैलाउँदै जाने छौं । हामीले पनि उच्चस्तरिय डिजिटल सेवा प्रदान गर्ने हाम्रो बाचा पुरा गरेका छौं र आगामी दिनमा पनि अझ समय सापेक्ष परिस्कृत सेवा दिन हामी तत्पर छौं ।’
आगामी दिनमा स्तरिय, परिस्कृत र नविततम् प्रविधिहरु अवलम्वन गर्दै सुरक्षित, स्वचालित र सहज रूपमा एकीकृत सेवा प्रवाह गर्ने प्रतिवद्धता कम्पनीले जनाएको छ ।
‘प्रिमियम सीबीएस’ ईआरपी र माईक्रो सर्भिस मोडेलमा आधारित छ । नविनतम् टेक्नोलोजीमा बनेको यस सफ्टवेर सेक्युरिटीमा विशेष ध्यान दिएको छ ।
२ फ्याक्टर सेक्युरिटी, म्यानेजर तथा बोर्डलाई चाहिने म्यानेजमेन्ट रिपोर्ट, लोन अटोमेसन सिस्टम, नेपाली र अंग्रेजी भाषा, लाईभ च्याट/सर्पोट, नयाँ युजर इन्टरफेस लगायत सफ्वेटरको विशेष फिचरहरु हुन् ।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार