सहयात्री सहकारीको सामाजिक जिम्मेवारी: प्रहरी कार्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
काठमाडौं : ‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको छ ।
यही क्रममा क्षतिग्रस्त काँडाघारी प्रहरी प्रभागलाई १ थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । जेन जी प्रदर्शनका क्रममा काँडाघारी प्रहरी प्रभाग पूर्ण रुपमा क्षतिग्रस्त बन्न पुगेको थियो ।
संस्थाले बुधबार एक संक्षिप्त कार्यक्रमको बीच संस्थाका अध्यक्ष खेमराज सुवेदी तथा सञ्चालकहरु, कर्मचारी र सदस्यहरुको उपस्थितीमा प्रहरी कार्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाकी प्रमुख कार्यकारी अधिकृत जुना डाँगीले जानकारी दिईन् । सहकारीको यो पहलले प्रहरी कार्यालयलाई दैनिक कार्यसम्पादनमा सहजता ल्याउने विश्वास गरिएको उनले बताईन ।
जेन जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाएका सहिद युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति र साहस प्राप्त होस् भनी समवेदना व्यक्त गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत संस्थाले गरेको छ ।
सहकारी केवल बचत र ऋण प्रवाह गर्ने संस्था मात्र नभई समाजसँगै उभिनुपर्ने सामुदायिक केन्द्र पनि भएको संस्थाको अध्यक्ष सुवेदीले बताए । ‘हामीले सुरक्षासँग सम्बन्धित संस्थालाई थप सक्षम बनाउन सानो योगदान गरेका हौं । यो संस्थाको सामाजिक उत्तरदायित्वको निरन्तरता हो, अध्यक्ष सुवेदीले भने।’ समुदायलाई फाइदा पुर्याउने काम गर्नु सहकारीको दायित्व समेत भएको उनले बताए ।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार