कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीद्वारा प्रहरी कार्यालयलाई सहयोग
पोखरा : ‘व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता’ भन्ने मुल नाराका साथ गठित नेपालकै पहिलो कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई सहयोग हस्तान्तरण गरेको छ ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणका लागि सहयोग गरेको हो ।
सुरुवाती चरणमा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आफ्नो समेतको योगदान र समन्वयमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि., सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि., लेखनाथ सामुदायीक बचत तथा ऋण सहकारी संस्था लि., पिपल्स बचत तथा ऋण सहकारी संस्था लि. र घामपानी बचत तथा ऋण सहकारी संस्था लि. बाट सुरुवातको चरणमा १ वटा कम्प्यूटर सेट, ६ वटा मोनिटर, १ वटा थ्रि इन वान प्रिन्टर, २ वटा टेबल, ३ वटा कुर्चि, १ वटा थ्रि सिटर कुर्चि, २ वटा बक्स बेन्च लगाएतका सामाग्री जम्मा गरी क्लबका अध्यक्ष मोहन प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयका प्र.स.ह. माधव प्रसाद खनाललाई सहयोग हस्तान्तरण गरेका छन् । साथै उन्नती बचत तथा ऋण सहकारी संस्था लि. ले क्षतीग्रस्त भवनका केही झ्याल ढोका पुनःनिर्माण कार्य गर्ने प्रतिबद्धता गरेको छ ।

क्लबले घटनाबाट प्रभावित प्रति गहिरो समवेदना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक सहयोग हस्तान्तरण गरेको हो । अध्यक्ष अधिकारीले यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।
समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने प्रहरीप्रति सहयोग गर्नु सामाजिक उत्तरदायित्व समेत भएको उनले बताए। साथै कास्की जिल्ला स्थित सहकारी संस्थाहरुलाई आवश्यक सामाग्रीहरु र पुर्नसंरचनामा साथ दिन सम्पुर्ण सहकारी संस्थाहरुलाई अध्यक्ष अधिकारीले अपिल गरे।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक बास्तोला, कास्की बचत तथा ऋण संघका अध्यक्ष शेरबहादुर कार्की, पोखरा रोयल साकोसकाका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका संस्थापक अध्यक्ष मिलन ढकाल, निवर्तमान अध्यक्ष अपिल कोईराला, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठ, सम्बन्धित सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगाएत क्लबको कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति थियो ।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार