प्रहरी कार्यालयको पुनःस्थापनामा खटिनेलाई नव विश्वास सहकारीको खाजा-पानी
काठमाडौं : नव विश्वास बचत तथा ऋण सहकारी संस्थाले जेन जी प्रदर्शनका क्रममा क्षति पुगेको गोंगबु बसपार्कमा स्थित प्रहरी वृतको भौतिक संरचना पुनःस्थापनामा खटिने कर्मचारी तथा समाजसेवीलाई खाजा तथा पानीको व्यवस्था मिलाएको छ ।
संरचना पुनस्थापनामा खटिएका ४० जना प्रहरी र समाजसेवीलाई सोमबार संस्थाले खाजा र पानीको व्यवस्था मिलाएको हो । गोंगबु सेवा केन्द्रका प्रमुख बिशाल भट्टको नेतृत्वमा गएको संस्थाका कर्मचारीहरुले खाजा र पानी वितरण गरेका थिए ।
संस्थाकी अध्यक्ष राधिकारी काप्रीले भनिन्, ‘जेनजी प्रदर्शनमा भएको क्षति केवल केही संरचना भत्किनु मात्र होइन, मानवीय पीडा, आँसु र शोकसँग जोडिएको छ । यस्ता घडीमा सहकारी संस्थाले समाजप्रति उत्तरदायित्व देखाउनैपर्छ । सहकारीहरू समाजसँगै उभिनुपर्छ । हाम्रो खाजा–पानी वितरण ठूलो देखिँदैन होला तर यो मानवीयताको सन्देश हो । संकटमा सँगै उभिन सक्नु नै समाजलाई बलियो बनाउने आधार हो ।’
सानो सहयोगले ठुलो राहत दिने र आ-आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्न समेत संस्थाले आव्हान गरेको छ ।
भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनका क्रममा मानव जिवन, निजी तथा सार्वजनिक सम्पत्ती माथी भएको क्षति प्रति संस्थाले दुःख व्यक्त गरेको छ । साथै घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना, बिरगती प्राप्त प्रति हार्दिक श्रद्धाञ्जली अर्पण, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
काठमाडौंको इन्द्रचोकमा प्रधान कार्यालय र गोंगबुमा सेवा केन्द्र रहेको नव विश्वास सहकारी सदस्यहरुलाई वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको काममा क्रियाशिल छ ।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार