सहकारी महासंघको भन्यो- ‘सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाह गर्नू’
काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकायका रुपमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।
महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रेस विज्ञप्ति जारी गर्दै सहकारी सदस्य, सहकारीकर्मी तथा कर्मचारीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाह गर्न अनुरोध गरेको हो ।
साथै जोखिमपूर्ण अवस्था सिर्जना भएमा कार्यालय तथा कर्मचारीको जनधनको सुरक्षालाई सर्वोपरी मान्दै आवश्यक निर्णय लिन समेत आग्रह गरिएको छ । महासंघले सबैमा संयम, धैर्य र एकताको भावना कायम राख्न समेत अपिल गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘जेन जिद्वारा सुरु गरिएको आन्दोलनका क्रममा जीवन गुमाएका अमूल्य युवाहरुप्रति राष्ट्रिय सहकारी महासंघ नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । आन्दोलनका क्रममा देशले व्यहोर्नुपरेको ठूलो जनधनको क्षतिप्रति महासंघ गहिरो दुःख प्रकट गर्दछ । यस संवेदनशील घडीमा वार्ता र संवादमार्फत शान्तिपूर्ण समाधान खोज्ने पहलको महासंघ स्वागत गर्दछ । सामाजिक एकता र सद्भाव नेपाली समाजको विशिष्ट विशेषता हो भन्ने दृढ विश्वासका साथ सहकारी क्षेत्रले संयमता, धैर्य र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउन चाहन्छौं ।’

अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार