बुडोल सामुदायिक साकोसको २६औं वार्षिक साधारण सभा स्थगित
२०८२ भदौ २६, बिहिबार
काभ्रे : बनेपा-६, बुडोलमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारण सभा स्थगित गरेको छ ।
संस्थाको २६ औं वार्षिक साधारण सभाको एकाइ बैठकहरु आगामी भदौ २९ गतेदेखि शुरु भई असोज ६ गते सभा सम्पन्न गर्ने गरी निर्धारण गरिएको थियो ।
जेन जीले राष्ट्रिय रुपमा सञ्चालन गरेको आन्दोलनपश्चात सिर्जित नयाँ घटनाक्रम र विषम परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले जिम्मेवारी लिएसँगै अति आवश्यक भए बाहेक घरबाट ननिस्कन गरिएको अनुरोध र निषेधाज्ञा आदेश समेतलाई मध्येनजर गरी अर्को सूचना नभएसम्मका लागि पूर्व निर्धारित साधारण सभाका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको संस्थाका सचिव जयराम थापाले जानकारी दिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार