२१ कात्तिक २०८२, शुक्रबार

बुडोल सामुदायिक साकोसको २६औं वार्षिक साधारण सभा स्थगित

२०८२ भदौ २६, बिहिबार
बुडोल सामुदायिक साकोसको २६औं वार्षिक साधारण सभा स्थगित

काभ्रे : बनेपा-६, बुडोलमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारण सभा स्थगित गरेको छ ।

संस्थाको २६ औं वार्षिक साधारण सभाको एकाइ बैठकहरु आगामी भदौ २९ गतेदेखि शुरु भई असोज ६ गते सभा सम्पन्न गर्ने गरी निर्धारण गरिएको थियो ।

जेन जीले राष्ट्रिय रुपमा सञ्चालन गरेको आन्दोलनपश्चात सिर्जित नयाँ घटनाक्रम र विषम परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले जिम्मेवारी लिएसँगै अति आवश्यक भए बाहेक घरबाट ननिस्कन गरिएको अनुरोध र निषेधाज्ञा आदेश समेतलाई मध्येनजर गरी अर्को सूचना नभएसम्मका लागि पूर्व निर्धारित साधारण सभाका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको संस्थाका सचिव जयराम थापाले जानकारी दिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय