मानविय सेवाको कामबाट विकू बचतको बार्षिकोत्सव लक्षित कार्यक्रम सुरु
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्ना केन्द्रीय कार्यालयसँगै ४ स्थानबाट गरेको रक्तदान कार्यक्रमबाट ६ सय ६३ पिन्ट रगत संकलन भएको छ । विकूको केन्द्रीय कार्यालय नजिकै विजय विकास स्रोत केन्द्रको परिसरमा १ सय ५० पिन्ट, शरदगौरी सेवा केन्द्र भरतपुरबाट ७९ पिन्ट, कावासोती सेवा केन्द्र परिसरबाट १ सय ९४ पिन्ट, दलदले सेवा केन्द्र परिसरबाट २ सय ४० पिन्ट रगत संकलन गरेको विकूका मानविय स्रोत व्यवस्थापन विभाग प्रमुख मदन सापकोटाले जानकारी दिए।
विकूले करिब १४ वर्षदेखि रक्तदानको कार्यक्रम गर्दै आएको छ । चितवन र नवलपुरमा रगतको माग अनुसारको आपूर्ति हुन नसकेको अवस्थामा सहज होस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले बताए।
विकू साकोसका अध्यक्ष सापकोटाले बार्षिकोत्सवका कार्यक्रम अन्र्तरगत साउन २७ र २८ गते कावासोती र गैँडाकोटमा वक्तृत्वकला प्रतियोगिता, ३० गते कोल्हुवा सेवा केन्द्रमा रक्तदान कार्यक्रम, ३१ गते सेवाकेन्द्र स्तरिय कर्मचारीका लागि हाजिरीजवाफ र कर्मचारी स्तरिय फुटबल प्रतियोगिता, भदौ १ गते मानव सेवा सहयोग, २ गते गैँडाकोट १०, ११, १२ र १३ लाई पूर्ण सदस्य वडा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिए।

यस्तै भदौ ५ गते बार्षिकोत्सव बिशेष समारोह, व्यवस्थापन उपसमिति सदस्य स्तरीय खेलकुद म्युजिकल चियर, कर्मचारी स्तरिय नृत्य प्रतियोगिता र डिजीटल पार्कको समुद्घाटन गर्ने कार्यक्रम रहेको जनाईको छ ।
यस्तै कार्यक्रममा गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले वडाले विकूसगै सहकार्य र समन्ववय गर्दै काम गर्ने बताए। उनले रक्तदान जस्तो मानविय र सेवाजन्य कामबाट बार्षिकोत्सव सुरु गरेकोमा धन्यबाद दिदैँ सफलताको शुभकामना दिए। सहकारीलाई समायोजनमा लगेर अघि बढ्न सके अझै राम्रो हुने विश्वास व्यक्त गरेका थिए।
मानविय सेवाको कामबाट विकूले बार्षिकोत्सवका कार्यक्रम सुरु गरेको केन्द्रिय कार्यालय उपसमिति संयोजक दिनानाथ त्रिपाठीले बताए।
गैँडाकोटमा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजु, दलदलेमा उपाध्यक्ष कालिदास गाौडेल, चितवनमा सचिव गोविन्द कँडेल र कावासोती कोषाध्यक्ष पुष्पराज बरालको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार