आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
पोखरा : आकाश डिजिटलले ८औं वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाहरूका लागि इन्स्टलेसन शुल्कमा ४० प्रतिशत छुट दिने घोषणा गरेको छ। सन् २०७४ सालदेखि सहकारी क्षेत्रको डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गरिरहेको आकाश डिजिटलले Aakash DMS (Document Management System) इन्स्टलेसन शुल्कमा ४० प्रतिशत छुट दिने घोषणा गरेको हो । यो अफर केवल ५ दिनको लागि सिमित रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत टंक प्रसाद अधिकारीले जानकारी दिए ।
सहकारीलाई डिजिटल बनाउने उत्तम समय भएको बताउँदै सीईओ अधिकारीले छुटको अवसरमा अब सहकारी संस्थाले आफ्नो सेवा प्रणालीलाई कागजदेखि क्लाउडसम्म लैजान सक्ने बताए।
डकुमेन्ट मेनेजमेन्ट सिस्टम विशेष रूपमा सहकारी संस्थाहरूको लागि तयार पारेको एकीकृत डिजिटल प्लेटफर्म हो। यस प्रणालीबाट सहकारीहरूले सदस्य विवरणको सुरक्षित डिजिटल अभिलेख, ऋण आवेदन, मूल्यांकन, स्वीकृति र फोलोअपको सम्पूर्ण प्रक्रिया अटोमेसन, दस्तावेज म्याद ट्र्याकिङ (बीमा, कर, धितो आदिको सूचना व्यवस्थापन), दर्ता/चालानी प्रणाली र अनलाइन फाइलिङ सेवाहरू प्राप्त गर्न सक्छन् । त्यसैगरी Credit analysis ‘C’ (Character, Capacity, Capital, Collateral, Condition) आधारित ऋण विश्लेषण, CRM प्रणालीमार्फत सम्बन्ध व्यवस्थापन र समयमै सूचना, रिपोर्टिङ, सूचना व्यवस्थापन र निर्णयका लागि आवश्यक डिजिटल उपकरणहरू, कागजलाई डिजिटलाइसन दस्तावेज व्यवस्थापन सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कर्जाको आवेदनदेखि कर्जाचुक्ता नहुँदासम्मका सम्पूर्ण कागजात, लिलामी कागजात, दर्ता चलानी, कर्जाको फलोअप र कर्जासँग सम्बन्धित कागजातको म्याद समाप्ती लगायतका कामलाई व्यवस्थापन गर्ने कार्य गर्दछ । यसको प्रयोगबाट कर्जासँग सम्बन्धित तमसुक, आवेदन फारम लगायतका कागजात एकै पटक प्रिन्ट गरेर राख्दा हुने आर्थिक भारलाई कम गर्न मद्दत समेत गर्दछ । साथै कर्मचारीले हातले विवरण भर्दा हुने त्रुटीका कारणले भविष्यमा पर्न सक्ने कानूनी जटिलतालाई कम गर्न मद्दत गर्दछ ।
साथै कर्जा लगानीका समयमा लाग्ने समयलाई ९० प्रतिशतसम्म कम गर्ने कम्पनीको दाबी छ । सफ्टवेयमा रहेको कर्जाको फलोअप रेकर्डले कर्जाको फलोअप रेकर्डलाई अत्यन्त सहज बनाई प्रयोगकर्तालाई नोटिफिकेसन सहितको ड्यासबोर्डको माध्यमले व्यवस्थित गराउँदछ । यसमा रहेको दर्ता चलानी किताबको सहायताबाट कार्यालयमा आउने जाने पत्र तथा कागजातको पारदर्शिता कायम गरी कागजात व्यवस्थापन सहज गराउँछ ।
कर्मचारीको समयको बचत, कार्यमा उत्प्रेरित गराउने, कागजी डकुमेन्ट त्रुटी रहित, सहकारीका लागि व्यवस्थित कागजी डकुमेन्ट, सबै प्रक्रियागत कार्य, असुली तथा ताकेतामा सहयोग साथै धितो मुल्यांकन, धितो अनुसन्धान र लिलामसम्मका सबै कागजात यस सिस्टमले तयार गर्ने कम्पनीले जनाएको छ।
तमसुकमा हुने दस्तखत बाहेक अन्य कुनै ठाउँमा कलमको प्रयोग गर्नु नपर्ने अधिकांश सुविधासहित निर्माण गरिएको यस सिस्टम हाल नेपालका ठुला तथा साना सहकारीहरुले प्रयोग गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार
राष्ट्रिय सहकारी बैंकको सञ्चालक र लेखा सुपरिवेक्षण समितिको निर्वाचन पुस १२ गते
१७ कार्तिक २०८२, आईतवार
पानस साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा बिजेन्द्र पोटे
१२ कार्तिक २०८२, मंगलवार