सहारा नेपाल साकोसको संस्थागत पुँजी ७.३७ प्रतिशत
झापा : नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १७ अर्ब ६७ करोड ६ लाख ४९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
झापाको बिर्तामोडमा-२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपालको संस्थागत पुँजी ७.३७ प्रतिशत रहेको छ । कुनै पनि सहकारी बलियोपनको आधार भनेको संस्थागत पुँजीले हुने हो । संस्थागत पुँजी ५ प्रतिशत भन्दा माथी हुनु भनेको राम्रो मानिन्छ ।
संस्थाले प्रकाशन गरेको २०८१ माघ मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार संस्थाको सेयर पुँजी १ अर्ब ७० करोड, जगेडा कोष १ अर्ब २६ करोड, कुल संस्थागत पुँजी १ अर्ब ३० करोड, विभिन्न कोषमा १ अर्ब २२ करोड, कुल बचत १३ अर्ब ६४ करोड र लगानी ११ अर्ब २६ करोड रहेको छ ।
संस्थाले ७६ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ । संस्थासँग ४ अर्ब २४ करोड रुपैयाँ तरलता (३१.११ प्रतिशत) तरलता रहेको छ।
संस्थामा १ लाख ८८ हजार ९२ जना सदस्य छन् । त्यस्तै ७० हजार २ सय ९७ जनाले कर्जा उपभोग गरेका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार