विकू बचतको अर्धवार्षिक समिक्षा: ५२ प्रतिशतको समग्र उपलब्धी, शरदगौरी सेवा केन्द्र उत्कृष्ट
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।
संस्थाबाट भएका कामहरुको समिक्षा गरि संस्थाको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यका साथ बैठकको आयोजना गरिएको थियो।
बैठकको उद्घाटन संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले गरेका थिए । बैठकमा संस्थाको वर्तमान अवस्था, योजना र समसामयिक विषयको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले सहजीकरण गरेका थिए ।
बैठकमा विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सबै सेवाकेन्द्रका प्रमुखहरुको सहभागीता थियो । बैठकमा विभागीय तथा क्षेत्रीय प्रमुखहरुले आ-आफ्नो विभाग तथा क्षेत्रमा रहेका सेवाकेन्द्रहरुले चालु आर्थिक वर्षमा हासिल गरेको उपलब्धी, आगामी लक्ष्य, सम्भावना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपायहरुको वारेमा गहकिलो प्रस्तुती पेश गरेका थिए ।
संस्थालाई वित्तीय रुपमा अझ शसक्त बनाउनको लागि विभागीय, क्षेत्रीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्नो योजना सहित धारणा राखेका थिए भने संस्थाले चालु आ.ब. को लक्ष्य अन्र्तगत अर्ध वार्षिकसम्ममा करिब ५२ प्रतिशतको समग्र उपलब्धी हासिल गरेको छ ।
यसै बीच चालु आर्थिक वर्षको लागि सेवा केन्द्रहरुलाई दिईएको वित्तीय लक्ष्यमध्ये सर्वोत्कृष्ट उपलव्धी हासिल गरि अर्धवार्षिकमा शरदगौरी सेवाकेन्द्र उत्कृष्ट सेवाकेन्द्र हुन सफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार