जनसचेतन सहकारीको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित, शपथ ग्रहण २४ गते
दोलखा : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ हाल उपाध्यक्ष हुन् । उनले कार्यबाहक अध्यक्षमा समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।
२०८१ भदौ २९ गते प्रकाशित निर्वाचन कार्यतालिका अनुसार असोज १२ गते बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
आज (कात्तिक २० गते) बसेको निर्वाचन उप समितिले निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको नाम घोषणा गरेको हो ।
निर्वाचन उप समितिको ११ औं बैठकले दुबै समितिमा एकल उम्मेदवारी परेको भन्दै निर्विरोध घोषणा गरेको हो । नवनिर्वाचित दुबै समितिका सदस्यहरुलाई कात्तिक २४ गते सपथ ग्रहण हुने समितिले जनाएको छ ।
नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्ष (वरिष्ठ)मा नारायण प्रसाद दाहल, उपाध्यक्ष (महिला) सुमिता शिवाकोटी उप्रेती निर्वाचित भएकी छिन् । त्यस्तै सचिवमा भरत केसी, सहसचिवमा शिवराम ढकाल, कोषाध्यक्षमा राजेन्द्र प्रसाद ढुङ्गेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सन्तोष प्रसाद विमली, उर्मिला गौतम, नारायण बस्नेत, केदार प्रसाद दहाल, पदम बहादुर पाण्डे, ज्ञान बहादुर तामाङ, शृजना घिमिरे, अमृता शेर्मा र विमला दहाल (घिमिरे) निर्वाचित भएकी छिन् ।
त्यस्तै प्रशान्त चौलागाई लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित भएको छन् । सदस्यहरुमा सुशिला न्यौपाने र सोम प्रसाद घिमिरे निर्वाचित भएका छन् ।
निर्वाचन उपसमितिको संयोजकमा सरोज उप्रती थिए ।
संस्थाले ३१औं वार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न समेत गरेको छ । संस्थाले सात वटा एकाईमा साधारण सभा सञ्चालन गरेको थियो । संस्थाले कात्तिक २ गतेदेखि १४ गतेसम्म साधारण सभा सञ्चालन गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार